दिल जस्तै सुन्दर बन्दै छ, दिलकुमारी केसी स्मृति प्रतिष्ठान

Read Time = 9 mins

-शंकर खनाल

काठमाडौं । नामअनुसारको काम र व्यवहार हाम्रो समाजमा देखिँदैन । तर, केही यस्ता पवित्र नामहरू पनि छन् । नामले जस्तो अर्थ राख्छ काम पनि त्यस्तै देखिन्छ । खासगरी नामले हाम्रो समाजमा केही गर्न रोकेको चाहिँ हुँदैन । तर, केही नाम यस्तो हुन्छ ठ्याक्कै नामअनुसार व्यवहार उल्टो भइदिन्छ । तर, यथार्थमा केही नाम यस्ता हुन्छन् जुन नामले आफ्नो काम र कर्तव्य पनि ऐनाले झै छर्लङ्ग बनाइरहेको हुन्छ । प्रसंग दिलकुमारी केसीको हो ।

नामले जस्तो अर्थ राख्छ उहाँको काम र व्यवहारले पनि समाजमा त्यस्तै अर्थ राखेको छ । हाम्रो समाजमा भनिन्छ नि दिल भएको मान्छे । हो दिलकुमारीमा पनि असाध्यै दिल थियो । त्यसैले त अहिले उहाँको नामअनुसारकै काम, कर्तव्य र व्यवहारको अनुशरण गर्दै दिलकुमारी केसी समृति प्रतिष्ठान सञ्चालनमा ल्याइएको छ । व्यवहारतः परिवारले दिलकुमारी केसी स्मृति प्रतिष्ठान आमाको सम्झना चिरस्थायी बनाउन सञ्चालनमा ल्याएको भए पनि यसको अर्थ भने अलिक फरक छ । समाजमा नामअनुसारको काम गर्न प्रेरणा जगाउन र समाजलाई प्रोत्साहन, रुपान्तरण गर्नका लागि यसले अर्थात् यो नामले सबैलाई डो¥याइरहेको भान गराउँछ । यसले समाजमा नामअनुसारको चरित्रको चित्रण गर्न पनि सिकाउँछ । दिल यस्तो शब्द हो । हामी कस्तो दिल दुख्यो भन्छाँै, दुखायो भन्छाँै तर अहँ दिलकुमारीले कहिल्यै कसैको मन चसक्कसमेत दुखाउनुभएन । दिल मानिसको मनमुटुमा हुन्छ । यति महŒवपूर्ण हुँदाहुँदै पनि दिलकुमारीले कसैसँग घमण्ड र फूर्ति देखाउनुभएन । साँच्चै दिलजस्तै हुनुहुन्थ्यो दिलकुमारी । हो, दिलकुमारी हुनुहुन्न तर त्यो दिलको अलिक माथि नै चर्चा भएर होला अहिले दिलकुमारी केसी स्मृति प्रतिष्ठान परिवारको मात्र नभई दिलकुमारीझैं सबैको दिलमा बसेझै अनुभूति गराउँछ ।

बागमती प्रदेश धादिङस्थित फुलखर्क गाउँपालिका डाङसिङमा जन्मिनुभएकी दिलकुमारीले यति दुर्गममा जन्मिएर पनि आफ्नी एउटी छोरी र आठ भाइ छोरा गरी नौजना सन्तानलाई सुगमता छर्नुभयो । आहा यो नामले कति सुगन्ध छरेको छ है ? आफ्ना सन्तान नबिग्रिऊन् भनेर दत्तचित्त भएर लाग्ने एउटी आमाले यहाँभन्दा बढी के गर्न सक्छिन् । दिलकुमारी यति धेरै सन्तान हुर्काउने जिम्मेवारीबाट कहिल्यै क्रोधित हुनुभएन । सबै सन्तानलाई आफ्नो बराबर दिल दिइरहनुभयो । त्यसैले त बिरुवाअनुसारको फल भने झंै दिलकुमारीकै दिल अहिले सबै सन्तानमाथि सरक्कै सरेको छ । उहाँले ८४ वर्षसम्म यहाँ रहेर आफू व्यवहारतः अनपढ भए पनि व्यवहारतः पढेझंै व्यवहार प्रस्तुत गरेर सन्तान र समाजलाई आफ््नो दिल छाडेर जानुभएको छ । शरीर छैन तर दिल जसले छाड्छ वास्तवमा त्यही अमर पनि भइरहन्छ । सानैदेखि सामाजिक काममा हुरुक्क हुने केसी परिवारले अहिले पनि सामाजिक कामलाई नै महान् ठान्ने गरेको छ । सामान्य किसान परिवारमा घुलमिल भए पनि बाजे शेरबहादुर केसीले गाउँमा सामाजिक काममा पारेको प्रभावबाट केसी परिवार अलि बढी नै सामाजिक काममा प्रभावित भएको छ ।

ADVERTISEMENT

परिवारकी जेठी छोरी उषा केसी कार्कीको अध्यक्षतामा सामाजिक काममा समर्पित हुने निर्णय गरेको दिलकुमारी केसी स्मृति प्रतिष्ठानले सुरुमै राम्रो काम गरेको छ । हुने बिरुवाको चिल्लो पात भनिन्छ नि, हो त्यस्तै संस्थाका सदस्य १८ वर्षदेखि सामाजिक काममा भिज्नुभएका नवराज केसीले यो वर्ष पनि धेरै त्यस्ता सामाजिक काम गरेर देखाउनुभएको छ । त्यसो त उहाँका सन्तानहरू अहिले पनि अमेरिका, बेलायत, अष्ट्रेलिया र युरोपका विभिन्न देशमा रहनुभएको छ । त्यसैले यो प्रतिष्ठान दिलकुमारीकै परिवारबाट राम्रो र गुणस्तरीय रूपमा अगाडि बढ्न सक्छ । अमेरिकाको न्युयोर्क सिटीका मेयर एरिक एडम्सको सल्लाहकारसमेत रहनुभएका केसीले काठमाडौंमा कलाकार, सञ्चारकर्मी, चलचित्रकर्मी र सामाजिक अभियन्ताको म्याराथनसमेत राख्नुभयो । उहाँले स्वच्छ वातावरण स्वास्थ्य जीवन नारा दिएर वातावरण र जलवायु परिवर्तनको असरलाई समेत सचेतनामूलक सन्देश दिनुभएको छ । त्यसैगरी विभिन्न बालगृहलाई खाद्यान्न, न्यानो कपडा र खेलकुदका सामग्रीसमेत वितरण गर्नुभएको छ ।

गोर्खाका दुर्गम गाउँ, सिन्धुपाल्चोकका दुर्गम गाउँ र धादिङमा पुगेर बालबालिकाको शिक्षा र खेलकुदको क्षेत्रमा सहयोग गर्नुभएको छ । पछिल्लो समय धादिङको मण्डली माध्यमिक विद्यालयमा कम्प्युटर, ल्यापटप र शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य छ । अन्य दुर्गम जिल्लाका पहाडी क्षेत्रमा समेत संस्थाले सामाजिक काम गर्नेछ । संस्थामा उपाध्यक्ष भरत केसी, महासचिव सिताराम केसी, कोषाध्यक्षमा लक्ष्मण केसी रहनुभएको छ भने संरक्षकमा दिलकुमारीका पति कृष्णबहादुर केसी रहनुभएको छ ।

विश्वमै महामारीका रुपमा रहेको कोरोना भाइरसको समय अर्थात् २०२२ जनवरी ५ मा आमा दिलकुमारीको स्वर्गारोहण हुँदासमेत अमेरिकामा रहनुभएका छोरा नवराज केसी नेपाल आउन पाउनुभएन । आमाको स्वर्गारोहण हुँदासमेत भेट्न नपाउँदाको त्यो क्षणको अहिले जति दुःख र वेदना शब्दमा पोखे पनि कम नै हुन्छ । तर, पनि १३ दिनको त्यो पुण्य काम उहाँले अमेरिकाको न्युयोर्क सिटीमै गर्नुभयो । जहाँ न्युयोर्क सिटीका मेयर एरिक एडम्सले समेत समवेदना व्यक्त गर्नुभएको थियो । भनिन्छ नि, दूधको भार तिर्ने छोरा हुनुपर्छ । हो अहिले यो संस्थाले साँच्चै दिलकुमारीको दिललाई उहाँ नरहे पनि बुझाउनेछ । किनभने गाउँमा हुँदासमेत ग्रामीण परिवेशमा आफ्नी आमाको त्यो सबैसँग साट्ने दिल भनौँ सबैसँग बाँडेर खाने अर्थात् अरूले खाएपछि मात्र आफू खाने अनि गाउँको परिवेशमा भनिन्छ नि तिर्खाएको बेला मोही बाँड्ने यस्तै–यस्तै दिलकुमारीको दिललाई संस्थाले सम्झिएर नै दीर्घकालीन लक्ष्य बनाएको छ । त्यसैले सानो ठूलो भन्दा पनि सकेको सहयोग गर्ने उहाँको खुला दिलको सबैले अनुशरण गर्नुपर्ने देखिन्छ । परिवारमात्र नभई सिंगो समाजलाई दिलकुमारीको यही समाजसेवा सन्देश हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *