काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भईरहेको टिप्पणी गर्नु भएको छ ।
अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको पनि बताउनु भयो । शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयबाट ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअली शुभारम्भ गर्दै उहाँले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरुलाई पराजित गर्नेगरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।
अध्यक्ष ओलीले निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरु अहिले पनि रहेकाले त्यस्ता शक्तिहरुको षडयन्त्रबारे जनतालाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको पनि बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘विभिन्न राजनीतिक शक्तिहरु एमालेसँग स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । उनीहरु स्वच्छ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । तसर्थ, उनीहरु अस्वस्थ प्रतिस्पर्धाका अस्वस्थ तरिकाहरु, स्वस्थ विधिहरु अपनाउन सक्छन । हामीले केही देखेका छौं । भोगेका छौं–निकट विगतमा हामीले जुन प्रकारका समस्या भोगेका छौं । त्यस्ता समस्या फेरी आगामी दिनमा भोग्नु नपर्ला भन्न सकिन्न । किनभने राजनीतिक शक्तिहरु तिनै छन । र, राजनीतिक शक्तिहरुको प्रवृत्ति पनि उही छ । उनीहरुको फेरी उस्तै किसिमको चक्रव्यूह हुँदैन भन्न सकिन्न । यस्तो स्थितिमा हामीले आफूलाई तयार राख्नु पर्दछ । हामीले आफूलाई ती अस्वस्थ प्रतिस्पर्धाहरुलाई पराजित गर्न सक्ने गरी तयार गर्नु पर्दछ । सो कुरा ग्राह्य हुन सक्दैनन् भन्ने कुरा जनतालाई बुझाउनु छ । यतिधेरै मान्छेले आस्था, विश्वास राखेको पवित्र थलो नेकपा एमाले हो । हामीले पार्टीको अहित ग¥र्यौं भने उसको पनि हित हुँदैन । एमालेको रक्षा जसले गछौैं, एमालेले तिनको रक्षा गर्छ ।’
अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । पार्टी हितको पक्षमा नभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने उहाँको भनाई थियो । ओलीले आगामी ४ वर्ष पछिहुने निर्वाचनमा ५० प्रतिशत भन्दा बढि स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीेले ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको स्पष्ट पार्नु भयो ।
उहाँले भन्नु भयो, ‘कमसेकम फिप्टी ओभरको मिसनबाट हामी आगामी निर्वाचनका लागि जुटन थाल्नेछौं । त्यसैकारण यो मिसन ग्रासरुट । ग्रासरुटबाटै आगामी मिसनका लागि हामी तयारी गर्दैछौं । यो त दुई महिने अभियान चलाउँछौं । यस दुई महिने अभियाननै आगामी ४ वर्षको अभियान हो । आगामी ४ वर्षको अभियान कमसेकम यस दुई महिने अभियानले निर्देश गर्नेछ । त्यसको जग बनाउने छ यसले । र, हामी नयाँ पार्टी सदस्यता नविकरण वा नयाँ पार्टी सदस्य प्रवेश गरेका साथीहरु र नयाँ निर्मित कमिटीहरु, नयाँ अधिवेशनबाट निर्मित कमिटीहरु नयाँ उत्साहका साथ धेरै पुराना कमिटीहरु अव हामीसँग छैनन् । केही मात्रै पुराना कमिटीहरु छन । नत्र भने हामीले नयाँ अधिवेशनहरु गरेका छौं । यसपछि हामी फेरी प्रदेश अधिवेशन र अरु अधिवेशनहरु पनि गर्दैछौं । हाम्रा उद्देश्यहरुलाई सहजताका साथ साकार पार्ने गरी यी सबै काम गर्नेछौं भन्ने म आग्रह गर्दै यसै धारमा सक्रियताका साथ काम गर्न हार्दिक अनुरोध गर्दछु ।’
ओलीले एमालेजस्तो पवित्र उद्देश्य भएको पार्टी अरु नरहेको जिकीर गर्नु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts