विद्यालय बन्द गरेर बिहे भोजमा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट-३ मा रहेको जानकी प्राविमा पुग्दा विद्यालय बन्द थियो । विद्यालयमा न शिक्षक थिए न त विद्यार्थी नै । एकाएक विद्यालय बन्द भएको पाएपछि कारण बुझ्नका लागि निकै उत्सुक बनायो । जब कारण बुझियो निकै अच्चम लाग्ने खालको थियो । विहान देखी विद्यालयमा पढाई भएकै थियो तर १ बजे पछि भने विहेभोज खानकै लागि विद्यार्थीलाई छुट्टी दिईएको रहेछ ।

विद्यालयमा स्थानिय रुपमा विदा दिनुपर्ने भए नगरपालिकाको शिक्षा शाखामा जानकारी गराउनुपर्ने प्राबधान छ । जब विनाकुनै जानकारी विद्यालय बन्द गरिएको खबर नगरपालिकामा पुग्यो तब उप प्रमुख रुद्रप्रकाश उपाध्याय, शिक्षा शाखाका प्राविधिक धनपती पौडेलसहितको टोली विद्यालयमा पुग्यो । अनुगम टोली विद्यालयमा पुग्दा ३ बजेको थियो । त्यतिनैवेला विद्यालयका प्रधानाध्यापक बहुरन प्रसाद कुर्मी मोटर साईकल कुँदाउँदै विद्यालयमा आईपुग्नुभयाे । प्रअ कुर्मीलाई विद्यालय किन बन्द गरेको भन्ने प्रश्न गर्दा उहाँले सहजै जवाफ दिनुभयाे “आज मेडमको छोरीको विहे थियो त्यसैले सबै विद्यार्थीलाई विदा दिएर भोज खान गएको ।”

विद्यालय बन्द गरेर भोजमा जान पाईन्छ त भन्ने प्रश्नमा उहाँले भन्नुभयाे “विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्यूले नै विदा दिने भन्नुभयो त्यसैले विदा दिएको हो, पछि अरु विदामा कटाएर मिलाईन्छ ।” प्रअ कुर्मीले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विरबहादुर लामिछानेले बन्द गर्न भनेकोले बन्द गरेको पटक पटक दावी गरिरहनु भएकाे थियाे ।

ADVERTISEMENT

अनुगमनमा पुग्नुभएका उप प्रमुख रुद्रप्रकाश उपाध्यायले विद्यालयले शिक्षा शाखामा जानकारी नगराएको र कुनै निर्णय नगरेको पाईएको बताउनुभयो । उहाँले शिक्षा शाखालाई त्यस बारेमा स्पष्टिकरण लिन निर्देशन दिनुभयो । शिक्षा शाखाका प्राविधिक धनपती पौडेलले विद्यालय बन्द भएको बारेमा आफुहरुलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले विना जानकारी विद्यालय बन्द गरेकोमा आवश्यक कारबाही प्रकृया अगाडि बढाईने बताउनुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको विषयको बहस चलिरहेकोवेला यस प्रकारको घटनाले सामुदायिक विद्यालयको शैक्षिक पद्धति प्रति जनसमुदायकाे विश्वास झन धेरै घट्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?