स्याङ्जाको पुतलीबजारमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शुरु

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा वृहत निःशुल्क मोतिबिन्दु शल्यक्रिया तथा स्वास्थ्य शिविर शुरु भएको छ ।

मोतियाबिन्दुबाट हुने अन्धोपना मुक्त नगरपालिका अभियान–२०७९ अन्तर्गत नगरपालिकाले तीन दिने वृहत निःशुल्क मोतिबिन्दु शल्यक्रिया तथा स्वास्थ्य शिविर शुरु गरेको नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो ।

शिविरमा शल्यक्रियाका लागि हिमालयन आँखा अस्पताल पोखराका डा. हरिविक्रम अधिकारी रहनुभएको छ भने डा. विशाल गुरुङको टोलीले जनरल चेकअप गरिरहेको छ ।

ADVERTISEMENT

यसअघि नगरपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल लगायतका संस्थाहरूको सहयोगमा करिब दुई हप्तासम्म सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा करिब तीन हजार ९२८ जनाको आँखा परिक्षण गरिएको नगरपालिकाकी जनस्वास्थ्य अधिकृत अनिषा सुवेदीले बताउनुभयो । तीमध्ये मोतिबिन्दु देखिएका १५३ जनाको शल्यक्रिया गरिने उहाँले जानकारी दिनुभयो । शिविरमा करिब नौ सय जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।

गत माघ १५ देखि २९ गतेसम्म नगरपालिकाका १३ वटै वडामा सञ्चालन गरिएको आखाँ शिविरमा मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको रेग्मीले बताउनुभयो ।

नगरभित्रका स्थानीयहरू आँखाको उपचारकै लागि अन्यत्र जिल्लामा गएर महँगो शुल्क तिर्नु नपरोस् भनेर नगरबासीका लागि सहज होस् भन्न उद्देश्यले शिविरको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज