काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको आजै दुईवटा शल्यक्रिया हुने भएको छ ।
बुधबार राति घरमै ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भए लगत्तै १०ः३० बजे कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा भर्ना गरिएकोमा उहाँलाई चिकित्सकले स्वेदशमा उपचार सम्भव नहुने बताएपछि बिहीबार मुम्बई लगिएको थियो ।
मुम्बईस्थित नेशनल बर्न सेन्टरको आईसीयूमा भण्डारीलाई राखिएको छ ।
काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस सिलिण्डर दुर्घटनामा परेर भण्डारी र उहाँकी आमा हरिकला जल्नुभएको थियो । आमाको बिहीबार कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । भण्डारीको श्वासनली र फोक्सोमा गम्भीर असर देखिएपछि उपचारका लागि बिहीबार नै भारत लगिएको थियो ।
बिहीबार राति साढे १० बजे डा. सुनिल केस्वानीले र साढे ११ बजे डाक्टर सन्दीप मिस्त्रीले उहाँको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
शरीरमा फ्लुडको मात्रा डबल गर्ने, बिहान साढे १० बजे पहिलो र साढे १ बजे आजै दोस्रो सर्जरी गर्ने बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts