मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका-११ पात्ले गाउँमा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने परिचालक घाइते भएका छन् ।

घाइते भएका चालक रामेछापको मन्थली नगरपालिका-१४ फुलासी पोखरीका ३५ वर्षीय अभिजल काफ्लेको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

ADVERTISEMENT

परिचालक दोलखाको मैलुङ गाउँपालिका-६ का अन्दाजी १७ बर्षीय कुवेर ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको छ । भकुन्डेबेशीबाट धुलिखेलतर्फ आउँदै गरेको बा ५ ख ३०४३ नम्बरको मिनि ट्रक बिहीबार बिहान ५ बजे  सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज