पाल्पाको बगनासकाली गाउँपालिकामा पन्द्र शैयाको अस्पताल शिलान्यास

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका-१ चिलाङ्दीमा १५ शैयाको आधारभूत अस्पताल शिलान्यास गरिएको छ । हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार यहाँ अस्पतालको शिलान्यास गरिएको हो ।

अस्पतालको गाउँपालिका अध्यक्ष सरस्वती चिदी र उपाध्यक्ष हरि पाठकले शिलान्यास गर्नुभएको हो । १४ करोड ५० लाख ८२ हजारमा निर्माण गर्ने गरी सम्झौता गरिएको छ । २०७९ जेठ १३ गते सम्झौता भएको अस्पतालको निर्माण २०८० मंसिर १३ गते भित्र सम्पन्न गर्ने गरी बुद्ध/पशुपति जुगल कम्पनीसँग सम्झौता गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुभयो ।

अस्पतालमा मेडिकल अधिकृतसहित डाक्टर र नर्ससहितको टिम रहने उहाँले बताउनुभयो । अस्पताल निर्माण भएपछि गाउँपालिकाबासीले चिकित्सकीय सेवा,आकस्मिक,ओपिडी,फार्मेसी,ल्याब, रेडियोलोजीलगायतका सुविधा प्राप्त गर्ने छन् ।

ADVERTISEMENT

स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका नागरिकलाई स्वास्थ्य सेवामा सहजै पहुँच पुर्‍याउन संघीय सरकारको अवधारणाअनुसार १५ शैयाको अस्पताल निर्माणको शिलान्यास गरिएको पालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । उहाँले भन्नुभयो,‘यसले ग्रामीण क्षेत्रको स्वास्थ्यमा थोरै भए पनि इँटा थपेको छ।’

ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँचमा सुनिश्चित गर्न अस्पतालले महत्वपूर्ण भूमिका खेल्नेमा पालिका उपाध्यक्ष पाठकले विश्वास व्यक्त गर्नुभयो । इन्जिनियर प्रमोद कुंवरले सुविधा सम्पन्न भवन छिट्टै निर्माण हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?