एमालेलाई चाहिएको रबर स्ट्याम्प राष्ट्रपतिको प्रतिवाद काँग्रेसले गर्छ : प्रदीप पौडेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई सुपरप्रधानमन्त्रीको संज्ञा दिनुभएको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चलाउने प्रयास भइरहेको भन्दै ओलीलाई सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाउनुभएको हो ।

उहाँले ओलीले सुपरप्रधानमन्त्री ठानेर फुर्ति प्रश्तुत गरिरहेको भन्दै तत्कालिन ओली सरकारमा भएको संसद विघटन कायरता भएको उल्लेख गर्नुभयो । उहाँले अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिएको बताउनु भयो ।

सांसद पौडेलले वर्तमान गठबन्धनको सरकारलाई बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धनको रुपमा चित्रित गर्नुभयो । उहाँले अहिले नेकपा एमालेलाई राष्ट्रपति नभइ रबर स्ट्याम्प राष्ट्रपति, आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको आरोप लगाउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘संसद विघटनको महिमा गान भएको हामीले यही सदनमा सुन्यौँ । वास्तवमा संसद विघटन कायरता थियो । कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिएको छ । म चुनौति दिन चाहन्छु, अब कायरता दोहोरिन दिइने छैन । संसदको रोष्टमबाट सर्वोच्च अदालत आफ्नो पार्टीको कानून विभाग हो जस्तै गरी लल्कारने परिस्थिति देखिएको छ । त्यसले अदालत, कानूनप्रतिको निष्ठा कति झल्किन्छ ? सँगै संसद विघटनको भोक र सनक नमेटिएको पाइयो । यो संसद पनि असुरक्षित छ भनेर अनुमान गर्ने स्थिति बनेको छ । यो संसदमा ढोक्सा भन्ने शब्द पूर्वप्रधानमन्त्रीज्युले चर्चित बनाउनु भयो । नेपाली काँग्रेसले ढोक्सा थापेको होइन । संसदको स्थायित्वको निम्ति संसदलाई सुरक्षित गर्नका निम्ति उभिएको हो । पूर्वप्रधानमन्त्रीज्युले कुन जंगल, कुन बाघको कुरा गर्नुभएको हो ? कुन बालाको कुार गर्नुभएको हो ? उहाँसँग के छ र लिनका लागि हामीले ढोक्सा थाप्ने ? बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धन आज कस्तो छ ? जनता समाजवादी पार्टी सरकारमा किन गएन ? नागरिक उन्मुक्ति पार्टी सरकारमा किन गएन ? काँग्रेसले ढोक्सा थापेर ? राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुलाई प्रधानमन्त्रीले नै संसदबाट किन चेतावनी दिनुप¥यो । काँग्रेसले षड्यन्त्र गरेर, रास्वपा किन बाहिरियो, काँग्रेसले बालाको लोभ देखाएर । केही समयअघिसम्म संविधानले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक हुँदा ७÷८ जना नेता देखिनुहुन्थ्यो, अहिले ४ जना नेताको बैठक हुने गरेको छ, बाँकी नेता कहाँ जानुभयो । अहंकारले देश बन्दैन । अहंकारले अहिलेको परिस्थिति सम्हालिँदैन । प्रधानमन्त्री भन्दा पनि माथि सुपरप्रधानमन्त्री भएर जुन फुर्ति प्रश्तुत गरिएको थियो, आज किन सुस्त छ ? किन बालकोट र बालुवाटारको दौड व्यापक बढेको छ । राष्ट्रपति यहाँ चाहिएको होइन, रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यक्ता परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ । त्यस्तो राष्ट्रपतिको प्रतिवादमा काँग्रेस उत्रिँदै गर्दा काँग्रेसले ढोक्सा थापेको भनेर मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौँ ।’

सांसद पौडेलले संविधानको रक्षाका गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन काँग्रेस प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज