काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गर्नुभएकाे छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनासहितले देशमा सरकार नभएको आभास गराएको बताउनुभयाे ।
देशको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न गृहमन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक, लुटपाट भएको भन्दै उहाँले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गर्नुभयाे ।
सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने हो भने सबै मन्त्रालय खाली गरे हुने उहाँको भनाइ छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts