एमाले अध्यक्ष ओलीद्वारा अनेरास्ववियुको २३औं महाधिवेशनको उद्घाटन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च अनेरास्ववियुको महाधिवेशन आजबाट सुरु हुने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भइरहेको अनेरास्ववियुको २३ औँ महाधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । एमाले अध्यक्ष ओलीले ड्रोन उडाएर अखिलको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

देशभरीबाट १०८० प्रतिनिधिले सहभागिता जनाएको अनेरास्ववियुको महाधिवेशन कार्याक्रम एमाले नेता तथा अखिलका पूर्व अध्यक्षहरुले सम्बोधन गरिरहनुभएको छ ।

लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ ।

ADVERTISEMENT

निशुल्क शिक्षा, स्वास्थ्य र पुर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्वबियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिसन गर्दैछ । जो फागुन २–४ गतेसम्म हुनेछ ।

‘यो महाधिवेसका मुख्य उदेश्य भनेको नेतृत्व छनौट गर्ने हो, जसले १९९ सदस्सीय केन्द्रिय समिति गठन गर्नेछ,’ अध्यक्ष सुनिता बरालले जानकारी दिँदै भन्नुभएको छ, ‘तीनवटा केन्द्रिय आयोग पनि निमार्ण हुनेछन् जुनआयोगमा १५ जना सदस्य हुनेछन् ।’ उहाँका अनुसार सहमतीयबाट नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाईएको छ ।

अखिलको भावी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज