नेपाल एयरलाइन्स डुबेको टुलुटुलु हेरेर बस्न सक्दिनँ : मन्त्री किराँती

फाईल तस्बिर

Read Time = 1 min

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्स डुबेको आफूले हेरेर बस्न नसक्ने बताउनु भएको छ ।

सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले नेपाली जहाजहरु नाफामा चल्नुपर्ने भन्दै नेपाल एयरलाइन्स डुबेको हेरेर आफू बस्न नसक्ने बताउनु भयो ।

नेपाली जहाजहरु दैनिक न्यूनतम १५ घण्टा चल्नुपर्ने बताउँदै उहाँले नेपालमा बनेका विमानस्थल पूर्णरुपमा चलाउन कार्ययोजना मागेको बताउनु भयो ।

ADVERTISEMENT

अर्बौं रुपैयाँको लगानीमा बनेका विमानस्थललाई प्रयोगविहीन हुन दिन नहुने भन्दै उहाँले विमानस्थल सञ्चालनका लागि नीतिगत रुपमा पहल गर्ने जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय उडान र रुटको कूटनीतिक पहल सुरु गरेको जानकारी दिँदै उहाँले नयाँ जहाज किन्ने बारेमा आफूलाई कुनै पनि जानकारी नभएको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?