‘बुलाकी’ टिजर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘बुलाकी’को टिजर सार्वजनिक गरिएको छ । नयाँ वर्ष ०८० को अवसरको छेको पारेर वैशाख १ गतेदेखि देशरभरका सिनेमाघरमा आउने तयारी रहेको चलचित्र ‘बुलाकी’को टिजर म्युजिक डटकममार्फत सार्वजनिक गरिएको हो । झण्डै दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ ।

लक्ष्मण सुनार निर्देशित यो चलचित्रलाई टोपेन्द्र विष्टले निर्माण गर्नुभएको हो । ‘फष्र्टलुक’सँगै चर्चामा रहेको चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र विराज विष्ट मुख्य भूमिकामा हुनुहुन्छ भने उहाँहरूको साथमा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाइँका साथै नयाँ प्रस्तुति स्वरूप प्रकाश कँडेल र सरस्वती खत्रीले अभिनय गर्नुभएको छ ।

ADVERTISEMENT

छत्रेश्वरी म्यानेजमेन्टको व्यानरमा स्व.मोती विष्टको प्रस्तुति रहेको यो चलचित्रलाई शिव ढकालले छायांकन गर्नुभएको हो । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रको स्क्रिप्ट निर्देशक स्वयं, अभिनेता विराज, राजबहादुर साने र निर्मल पौडेलले तयार पार्नुभएको हो । डोल्पा, जाजारकोट र रुकुम पश्चिमका दुर्गमस्थानमा छायांकन गरिएको चलचित्रको वितरण त्रिनेत्रम् र एफडीले गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *