टिजरमा ‘प्रेमा’

Read Time = 3 mins

काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेमा’को टिजर सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित चलचित्र आगामी चैत १७ अर्थात् ३१ मार्चमा रिलिज हुँदैछ । टिजरमा चलचित्रका प्रमुख तीन कलाकार शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड हुनुहुन्छ ।

टिजरमा आकाशको भूमिकामा देखिएका अरुणले शीर्ष चरित्र प्रेमा अर्थात् शुभेक्षालाई मनपराएको देखाइएको छ । तर, शुभेक्षाले भने भित्री रुपमा अरुणलाई मनपराए पनि बाहिरी रुपबाट भने वास्ता नगरेको टिजरमा देख्न सकिन्छ । अरुण र शुभेक्षाको संवादमा अरुणले प्रेमभाव व्यक्त गर्दा शुभेक्षाले केही रिस र केही खुशी मिश्रित अनुहारमा ‘कसो छ आलोकाच्चो मुल्या’ भनेको संवाद राम्रो सुनिएको छ । जुन दर्शकका लागि फरक लाग्नसक्छ ।

ADVERTISEMENT

टिजर बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको चलचित्रमा अरुण, शुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ । निर्देशक भण्डारीले चलचित्रको फष्टलुक सार्वजनिक गर्दा चलचित्रले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताउनुभएको थियो । उहाँको कुरालाई शुक्रबार सार्वजनिक टिजरले पुष्टि गरेको छ । चलचित्र ‘प्रेमा’ गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गर्नुभएको हो ।

सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको चलचित्रमा सुशान्त गौतमको संगीत, सुशान्त, सविन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डीओपी छ । चलचित्रलाई उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *