कमव्याकको तयारीमा प्रियंका

Read Time = 2 mins

काठमाडौं । एक समयकी सर्वाधिक हिट अभिनेत्री हुन् प्रियंका कार्की । म्युजिक भिडियोदेखि सिनेमासम्म एकछत्र छाइरहने कार्कीको केही समय अघि फिल्म ‘चिमुसी’ रिलिज भयो ।

उनी आमा बन्नु भन्दा अघि खेलेको यो सिनेमा फरक कथामा बनिएको भनिएता पनि दर्शकले पत्याईदिएनन् । लामो समय बच्चाको स्याहार सुसारमा लागेकी प्रियंकाले म्युजिक भिडियोमा पनि त्यति सक्रियता देखिन छोडेको छ ।

ADVERTISEMENT

उनलाई आमा बनेपछि भिडियोमा कम अफर आएको हो की प्रियंका आफै पछि परेकी हुन् त्यो उनैलाई थाहा होला । अहिले आगामी फागुन ५ गते रिलिज हुने सिनेमा ‘फुलबारी’मा उनको मुख्य भूमिका रहेको छ । यस सिनेमाको ट्रेलरले समेत दर्शक तानेको थियो भने प्रियंकाको अभिनयलाई दर्शकले मन पराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *