सिनेमाघरमा ‘आँधी तूफान २’ र ‘मनसँग मन’

Read Time = 1 min

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्रमा पदर्शनमा आउका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत सिनेमाघरमा ‘आँधी तूफान २’ र ‘मनसँग मन’ प्रदर्शनमा आएका हुन् । ‘मनसँग मन’लाई कैलाश राईले निर्देशन गर्नुभएको हो भने ‘आँधी तूफान २’लाई मदन घिमिरेले निर्देशन गर्नुभएको हो ।

प्रेमकथानक चलचित्र ‘मनसँग मन’मा पुष्प खड्का र वर्षा शिवाकोटी मुख्य भूमिकामा हुनुहुन्छ । अरुण तामाङ निर्माता रहेको यस चलचित्रको गीतमा पल शाह र पूजा शर्माले नृत्य गर्नुभएको छ ।

ADVERTISEMENT

यस्तै, एक्सन जनरामा निर्माण भएको चलत्रिच ‘आँधी तूफान २’मा रवि गिरी, सञ्जय खतिवडा, सञ्जित भण्डारी, पुष्कर राउत, सोनी बिसी, यांशु श्रेष्ठ, आरती आचार्य, कान्जी कोइराला, ऋचा थापा, अनामिका कार्कीलगायतको अभिनय छ । यो चलचित्र मौनता श्रेष्ठको लेखन एवं निर्माणमा बनेको होे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *