गुल्मीमा पशुको भिडियो एक्स–रे

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीमै पहिलो पटक पशुको भिडियो एक्स–रे सेवा सुरु गर्न थालिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले यो सेवा सुरु गरेको हो । केन्द्रले पशुको भिडियो एक्स–रे सेवा सुरु गर्दा स्थानीय कृषकहरु निकै खुसी भएका छन् ।

लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले यहाँ भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको हो । भिडियो एक्स–रेबाट पशुहरुको बाँझोपनको समस्या र गर्भ परिक्षण गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिनुभयो ।

ADVERTISEMENT

त्यस्तै, पशुको पत्थरी र कलेजो लगायतको पनि परिक्षण हुनेछ । किसानका घर–घरमा पुगेर पशुहरुको भिडियो एक्स-रे गर्नका लागि पालिकाका प्राविधिकमार्फत तथ्यांक संकलन भइरहेको छ । इस्मा गाउँपालिकाको विभिन्न्न स्थानबाट यो सेवा सुरु गरिएको हो । किसानको माग अनुसार यो सेवालाई जिल्लाका सबै स्थानमा पु-याइने डाक्टर काफ्लेले बताउनुभयो ।

इस्मा गाउँपालिका–६ का कृषक कृष्ण घिमिरेले आफ्ना गाईहरुको समस्या परिक्षण गराउनुभयो । केन्द्रले नयाँ सेवा प्रवाह गरेको भन्दै घिमिरेले खुसी व्यक्त गर्नुभयो । ‘यो सुविधाको धेरैले किसानले उपभोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज