बैतडी । बैतडीमा चितुवा मृत फेला परेको छ । बिहीबार बिहान जिल्लाको पाटन नगरपालिका-४ को राटामाटामा चितुवा मृत फेला परेको हो ।
स्थानीयले चितुवा मरेको देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । अहिले डिभिजन वन कार्यालयको टोली घटनास्थलमा पठाइएको कार्यालय प्रमुख भीम बहादुर कँडेलले जानकारी दिनुभयो ।
मृत फेला परेको चितुवा ६ फिट २ इन्च लामो रहेको र मृत्युको कारण खुल्न नसकेको उहाँले जानकारी दिनुभयो । विगत १० बर्षदेखी मानव र चितुवाबिच द्वन्द्व चलिरहेको छ । डिभिजन कार्यालय बैतडीको तथ्याङ्क अनुसार हाल सम्म १३ वटा चितुवा मृत फेला परेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts