नायिका करिश्माद्वारा खनालविरुद्ध प्रहरीमा उजुरी

Read Time = 2 mins

काठमाडौं । युट्युबमा जथाभावी बोल्दै हिँड्ने एक व्यक्तिलाई नायिका करिश्मा मानन्धरले साइबर ब्यूरोमा उजुरी दिनुभएको छ । डिल्लीराम खनाल नामका ती व्यक्तिले नायिकाको विषयमा युट्युबमा व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको भिडियो मानन्धरले सार्वजनिक गर्दै लेख्नुभएको छ, ‘यो अत्ति भयो ?’

नायिका मानन्धरले आफू आफ्नो संसारमा खुशी रहेको भन्दै आफूलाई अनेक लाञ्छना लगाउँछन् कलाकारलाई यस्तै भन्छन्, भनेर सहे पनि अब भने अति भएपछि उजुरी हालेको उहाँले लेख्नुभएको छ । ‘साइबर ब्यूरोमा निवेदन हालेको छु । हेरू नेपालको कानुन कत्तिको बलियो छ’, उहाँले भन्नुभएको छ ।

ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आफ्नो नाम जोडेर भ्रामक प्रचार गरेको भन्दै उहाँले मंगलबार साइबर ब्यूरोमा निवेदन दिनुभएको हो । फिल्म ‘हृयारी कि प्यारी’मा समेत अभिनय गर्नुभएका डिल्लीरामले एक अन्तर्वार्तामा करिश्मा मानन्धर अमेरिकामा रवि लामिछानेसँग ‘लिभिङ टूगेदर’मा बसेको बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?