मौसमी फ्लूका बिरामी बढेपछि बझाङको बुङ्गल नगरपालिकाका विद्यालय बन्द हुन थाले

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

सुरेश धामी

बझाङ । बझाङको बुङ्गल नगरपालिकामा मौसमी फ्लूका बिरामी बढ्न थालेपछि अधिकांश विद्यालय बन्दहुन थालेकाछन् ।नगरपालिका भित्रका विद्यालयहरुमा मौसमी फ्लूको संक्रमण फैलिन थालेपछि प्रभावित क्षेत्रका विद्यालय वडाकार्यालयको निर्देशनमा बन्द गरिन थालिएको बुङ्गल नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गोपाल कुवँरले बताउनुभयाे ।

बुङ्गल नगरपालिका-१० स्थित सिताराम माध्यामिक विद्यालय डौडका विद्यार्थी, शिक्षकहरुमा मौसमी फ्लू देखिएपछि वडा कार्यालयले नगरपालिका शिक्षा शाखा संग समन्वय गरी आइतबार बाट एक हप्ताको लागि विद्यालय बन्द गरिएको वडा नं १० का वडा अध्यक्ष प्रेम ओखेडाले जानकारी दिनुभयाे । विद्यालयमा एक पछि अर्को गर्दै विद्यार्थीहरू धमाधम बिरामी हुन थालेपछि वडा नम्बर १० का वडाध्यक्ष ओखेडाको नेतृत्वमा जनप्रतिनिधिसहितको टोली विद्यालयमा पुगेर चेक जाँच र उपचार गरिएको स्वास्थ्य शाखा संयोजक नरेश कुवँरले बताउनुभयाे ।

ADVERTISEMENT

सोमबार नगरपालिका बाट स्वास्थ्यकर्मीहरुको टोली खटिएर २सय ६३ जना विरामीहरुको विद्यार्थीको कोरोना परीक्षण, टाइफाइड, मलेरियालगाएत अन्य रोगको परिक्षण गरिएको भए पनि पुष्टि नभएको र मौसम परिवर्तनकम कारण मौसमी फ्लू देखिएको उहाँले बताउनुभयाे । विद्यार्थी शिक्षकहरुमात्र नभएर गाउँहरुमा पनि संक्रमण फैलिएको स्थानिय शान्ति ओखेडाले बताउनुभयाे । संक्रमितहरुमा रुघाखोकी , जिउ दुख्ने र घाँटी दुख्ने समस्या देखिएको थियो । बिरामी भएकाहरूलाई चेकजाँच गरी औषधी समेत उपलब्ध गराइएको छ ।

मौसम परिवर्तन हुन थालेपछि नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा मौसमी फ्लुका विरामी बढ्न थालेको खिरातडी स्वास्थ्य चौकीका डाक्टर भुमिराज जोशी बताउनुभयाे । पालिकाका अन्य ठाउँहरुमा पनि संक्रमणको जोखिम रहेकाले मौसमी फ्लू बाट बच्नको लागि उच्च सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेकाे छ । समयमै सावधानी अपनाउन नसके मौसमी फ्लूका कारण नगरपालिकाका अन्य विद्यालय पनि बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज