सर्लाहीमा २ वटा विद्युतीय चार्जीङ स्टेसन स्थापना

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 5 mins

सर्लाही । नेपालको विकासमा दीर्घकालीन रुपमा प्रत्यक्ष असर पार्ने प्रविधि मध्ये विद्युतीय सवारी साधन पनि एक हो त्यसलाइ मध्यनजर गरेर नेपालले पनि सन्‌ २०५० सम्ममा यातायातमा प्रयोग हुने इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिवद्धता जनाएको छ । यसलाइ मध्यनजर गरेर सर्लाहीको हरिवनमा जिल्लाकै पहिले विद्युतीय सवारि साधन चार्जीङ स्टेसन स्थापना गरिएको छ ।

एक पटकमा ४ वटा सवारि साधन चाज गर्न सकिने गरि २ वटा विद्युतीय चार्जीङ स्टेसन स्थापना गरिएको नेपाल विद्युत प्राधिकरण लालवन्दी वितरण केन्द्र प्रमुख सन्जीव कुमार साहले बताउनु भयो । कुल एक कराेड पचास लाख लगानीमा निर्माण गरिएको चार्जीङ स्टेसनले एउटा गाडि पुर्ण रुपमा चाज गर्न करिव ३ घन्टा लाग्ने प्रमुख साहको भनाइ छ ।

यसरि विद्युतीय सवरि पुर्ण रुपमा संचालनमा आएमा कार्बन उत्सर्जन तथा जलवायु परिवर्तन हुन बाट बचाउन सहज हुने देखिन्छ । नेपालको कुल कार्बन उत्सर्जनको २६ प्रतिशत हिस्सा यातायात क्षेत्रले ओगटेको छ । सहज रुपमा विद्युतीय चार्जीङ स्टेसन स्थापना गरिए विद्युतीय  सवारिको संख्या समेत बढ्ने यसका जानकारहरु बताउछन ।

परम्परागत इन्धनबाट हुने प्रदुषणले वातावरणमा पार्ने नकारात्मक प्रभाव, नयाँ प्रविधिको विकास तथा इन्धनको मूल्यमा देखिएको उतारचढावका कारण विद्युतीय सवारी साधनको महत्व बढेको छ । बेलायतलगायत केही यूरोपियन देशहरुले सन्‌ २०४० सम्म परम्परागत इन्धनबाट चल्ने सवारी साधनलाई शुन्य-कार्बन उत्सर्जन (जेरो इमिशन) सवारी साधनले पूर्ण रुपले विस्थापन गर्ने लक्ष्य लिएका छन्‌ ।

ADVERTISEMENT

चीनले सन्‌ २०२५ सम्म कुल सवारी साधन बिक्रीको २० प्रतिशत विद्युतीय सवारी साधन हुने लक्ष्य राखेको छ । यसैगरी भारतले सन्‌ २०२३ सम्मनै तीन पाङ्ग्रे र सन्‌ २०२५ सम्मदुई पाङ्ग्रे सवारी साधन पूर्णरुपले विद्युतीय हुनुपर्ने र अन्य सवारी साधनको बिक्रीको हकमा सन्‌ २०३० सम्म कम्तिमा ३० प्रतिशत विद्युतीय सवारी साधन हुनुपर्ने लक्ष्य लिएको छ भने सन्‌ २०५० सम्ममा यातायातमा प्रयोग हुने इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिवद्धता जनाएको छ ।

विद्युतीय सवारी साधनको प्रविधिमा हुँदै गरेको विकास नेपाल जस्तो जलविद्युतको अपार सम्भावना बोकेको तर शतप्रतिशत इन्धन आयात गर्ने विकाससील राष्ट्रको लागि महत्वपुर्ण अवसर हो भन्ने कुरामा दुई मत छैन । अक्सफोर्ड विश्वविद्यालय संलग्न वान वर्ल्ड डाटाअनुसार नेपालको प्रतिव्यक्ति कार्बन उत्सर्जन विश्वमै कम छ भने कम कुल कार्बन उत्सर्जन गर्ने मुलुक मध्ये नेपाल पनि एक हो ।

जलवायु परिवर्तनको प्रमुख कारक कार्बन उत्सर्जन हो र यातायात क्षेत्रले नेपालको कुल उत्सर्जनको २६ प्रतिशत हिस्सा ओगटेको छ । हिमालय श्रृंखलाको कुल तीन भागको एक भाग नेपालमा पर्ने र जलवायु परिवर्तनको प्रभावको हिसाबले याे क्षेत्र संवेदनशील क्षेत्र हो । हाम्रो आफ्नो कारणले भन्दा अरुमुलुकको कारणले नेपाललगाएत सम्पूर्ण हिमाली क्षेत्र बढी प्रभावित छ ।

नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सम्पूर्ण निजी सवारी साधनलाई विद्युतीय सवारी साधनले पूर्ण रुपले विस्थापन गरेपनि संख्या र खपतको हिसाबले जलवायु परिवर्तनमा पर्ने सकारात्मक प्रभावको आधारमा तात्विक फरक नपर्ने देखिन्छ । बास्तवमै सरकारले विद्युतीय सवारि साधनलाइ प्राेत्साहन गर्ने हाे भने तिनै तहका सरकारले किन्ने नँया सवारि साधन विद्युतीय अनिवार्य गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?