संचारसेवा र खानेपानी समस्यालाई लिएर तिलाका जनप्रतिनिधिले भेट संचारमन्त्री र मुख्यमन्त्रीलाई

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका अध्यक्ष,उपाध्यक्ष लगायतको टोलीले पालिका भित्रको संचारसेवा र खानेपानी समस्यालाई समाधान गर्नेका लागि संघीय सरकार संचारमन्त्री र कर्णाली प्रदेशका मुख्यमन्त्रीसंग भेटघाट गरेकाछन् । पालिका नौवटै वडाका गाउँ बस्तिमा सहज र सुलभ तरिकाले फोन तथा ईन्टरनेट सेवा चल्ने टावरको बिस्तारका लागि माननीय नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग मागपत्र सहित अनुरोध गरिएको छ ।

गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले भन्नुभयो, “मन्त्रीज्यूबाट तत्काल त्यस क्षेत्रको समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरि मन्त्रालयबाट थप सहयोग हुने संचारमन्त्री शर्माले आफुलाई बचन दिएको अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।”

टेलिकमको प्रदेश कार्यालयबाट प्रविधिकको टोली आएपछि गाउँपालिकाको बाम्निनाथमा रहेको नेपाल टेलिकमको टावरको क्षमतावृद्धि र बत्तीको व्यवस्थापन गरी थप सुधार गरिने तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । सो पालिकाको वडा नम्बर १ रारा गाउँमा हुने गरेको खानेपनि समस्यालाई समाधान गर्ने तत्कालका लागि जुम्लाकोटबाट रारासम्म खानेपानी पु¥याउनका संघीय खानेपानी कार्यालय जुम्लालाई कामअघि बढाउनक मुख्यमन्त्री राजकुमार शर्माबाट निर्देशन समेत भएको छ ।

ADVERTISEMENT

उक्त गाउँलाई खानेपानीको दिर्घकालिन योजना निर्माण गर्नेका लागि डिपीआर तयार र गाउँ कार्यापालिकाको निर्णय गरेर खानेपानिको बजेट व्यवस्थापनमा सुनिश्चत हुने मुख्यमन्त्री शर्माबाट प्रतिबद्धता भएको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो । रारा गाउँमा एकदिन खानेपानी समस्या भएपछि यहाँका स्थानीयवासि तिला नदीको दुषित पानी खाना बाध्य हुने गरेको सो गाउँका स्थानीय बताउँछन् ।

संचारसेवा गुणस्तरीय नहुदाँ अझै तिलाका स्थानीय राम्रोसँग फोन र इन्टरनेट चलाउनबाट बञ्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज

छुटाउनुभयो कि ?