काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को छायांकनका क्रममा निर्देशक राजु गिरी घाइते हनुभएको छ । चलचित्रको शुक्रबारदेखि छायांकन सुरु गरिएको थियो । छायांकनका क्रममा गिरी लम्जुङको बेसीशहरमा आइतबार घाइते हुनुभएको हो । बेसीशहर अस्पतालमा उपचारपछि उहाँ काममा फर्किनुभएको छ ।
नारायण खातीको कथा तथा प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मणविक्रम बस्नेत, माया श्रेष्ठ, हीरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, आशा भारती र अनिता गिरीलगायत कलाकारको अभिनय छ ।
सुवर्ण शिभान्स प्रोडक्सनकोे व्यानरमा निर्माण भइरहेको यो चलचित्रमा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खातीलगायत बाल कलाकारको अभिनय छ । शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दै हुनुहुन्छ ।
नम्बरी सुनमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य निर्देशक रहनेछ । दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, जीवन गौतमको मुख्य सहायक निर्देशन रहेको छ भने प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी हुनुहुन्छ । चलचित्र लमजुङको भुजुंग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायंकन गरिने जनाइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts