भोजपुरको ऐतिहासिक डबली मेला सुरु

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । प्रदेश -१ को पहाडी जिल्ला भोजपुरमा डवली मेला सुरु भएको छ । धैरै बर्ष पहिलेबाट लाग्दै आएको मेला भोजपुरको ऐतिहासिक हो ।
उज्यालो भोजपुरको आयोजनामा सुरु भएको मेला आगामी फागुन ६ गतेसम्म संचालन हुने छ ।

भोजपुर नगरपालिका ७ मा रहेको पुरानो बसर्पाकमा सुरु मेलामा मनोरञ्जनका खेलहरुका साथै स्थानीय उत्पादनका सामाग्रीको स्टल राखिएको छ भने स्थानीय स्तरका कलाकारहरुको वेजोड सांगीतिक प्रस्तुति रहने आयोजक पक्षले जनाएको छ ।

ADVERTISEMENT

भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले ऐतिहासिक डवली मेलाको उद्घाटन गरेसँगै मेला सुरु भएको हो । आन्तरिक तथा बाह्रय पर्यटन प्रवर्धनका साथै आर्थिक कारोवारमा समेत मेलाले भुमिका निर्वाह गर्ने स्थानीय अशोक खतिवडाको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज