काँग्रेसका केही नेतालाई प्रतिपक्षको भुमिकामा बस्न असहज भएको छ : अध्यक्ष ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेताहरु प्रतिपक्षको भुमिकालाई स्वीकार्नै नसक्ने स्थितिमा पुगेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट नेकपा एमालेलाई सरकार गठनको मत नपाएकाले रुची नराख्दा पनि काँग्रेसले सरकार गठन नगरेपछि संविधानको रक्षा गर्न हेतु नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा अघि सारेको प्रष्ट पार्नुभयो ।

उहाँले संसदमा नेपाली काँग्रेसका व्यवहारहरु बुझिनसक्नुको रहेको बताउँदै काँग्रेस यतिबेला पानी बिनाको माछो झैँ छट्पटाइरहेको बताउनु भयो । उहाँले सत्ता बाहिर काँग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्कने स्थितिमा रहेको दाबी गर्नुभयो । उहाँले जनताका प्रतिनिधि र राजनीतिक दलका नेताहरु मिलेर दृढ निश्चय र इमान्दारिताका साथ नेपाल र नेपालीको भविष्यका लागि संकल्प गर्न आग्रह गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘हामी जनताका प्रतिनिधि राजनीतिक दलका नेताहरु मिलेर दृढ निश्चय र इमान्दारिताका साथ नेपाल र नेपालीको भविष्यका लागि संकल्प गरौँ । राजनीतिक अस्थिरताको अन्त्य गरी मुलुकलाई राजनीतिक स्थायित्व नयाँ युगमा प्रवेश गरौँ । म सबै राजनीतिक दल र नेता साथीहरुलाई आग्रह गर्न चाहन्छु । राष्ट्रियता र राष्ट्रिय एकताको सवालमा, सार्वभौमिक सत्ता, अखण्डता, स्वाधिनता, न्यायोचित हीतको सवालमा, समावेशी विकास र सुशासनसहित समृद्धिको सवालमा, अर्थतन्त्रको सबलीकरण, सेवाप्रवाहको व्यापक सुधार ल्याउने सवालमा राष्ट्रिय सहमति गरौँ । एमाले जस्तोसुकै सहयोग गर्न तयार छ । यस्ता कुरामा राष्ट्रिय सहमति हुनुपर्छ । हामीलाई सरकार गठनका लागि बहुमत प्राप्त भएन, हामी त्यो चाहनामा थिएनौँ, तर काँग्रेसमा सत्ता गठनका लागि असाधारण रुची र ब्याघ्रता थियो, काँग्रेसको स्वभावअनुसार सामान्य लिएका थियौँ । तर प्रतिपक्ष मानसिकताका साथ काँग्रेस गठित सरकारको प्रतिक्षा गरिरहँदा संविधानको व्यवस्था बमोजिम निर्धारित समय सकिएपछि हामीले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने कुरा अघि बढायौँ । नयाँ सरकार गठन भएसँगै जनातामा उत्साहको सञ्चार भएको छ । यस बीचमा संसदमा नेपाली काँग्रेसका व्यवहारहरु बुझिनसक्नुका छन् । काँग्रेसका केही साथीहरुलाई आफ्नो परिचय प्रतिपक्ष भनेर मान्न सकस भएको छ । मन मानिरहेको छैन, तर प्रतिपक्षमा बस्नैपर्ने बाध्यता छ । काँग्रेस यतिबेला पानी बाहिरको माछा जस्तै छट्पटाएको देखिन्छ । सत्ता बाहिर काँग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्कने स्थितिमा देखिन्छ ।’

अध्यक्ष ओलीले नेपाली काँग्रेस प्रतिपक्ष मान्न तयार नै नरहेको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई सरकारले गतिशील बनाउने पनि दाबी गर्नुभयो । अध्यक्ष ओलीले वृहत्तर राष्ट्रिय हीतमा काम गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गर्नुभयो । उहाँले स्वास्थानीका जालन्धरको प्रसंग निकाल्दै कोही पनि जनमुखी काम गर्दा जालन्धर नबन्न आग्रह गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज