सरकारमा नजाँदैमा काङ्ग्रेस कमजोर छैनः राजु थापा

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति तथा प्रतिनिधि सभाका सांसद राजु थापाले सरकारमा सहभागी नहुँदैमा काङ्ग्रेस कमजोर भयो भनेर बुझ्नु गलत भएको बताउनुभएको छ । स्याङ्जा सदरमुकामस्थित पार्टी कार्यालयमा नेपाल शिक्षक सङ्घ पुतलीबजार नगर कार्यसमितिको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै थापाले उक्त कुरा बताउनुभएको हो ।

थापाले भन्नुभयो, ‘विगत सत्तरी वर्षको इतिहास भएको सबैभन्दा ठुलो पार्टी नेपाली काङ्ग्रेस नै हो । २३ सिट ल्याउँदा पनि काङ्ग्रेस नभई देश नचल्ने स्थिति भएर काङ्ग्रेसले सत्ता चलाउनु परेको थियो । अहिले पनि काङ्ग्रेसविना मुलुक अगाडि बढ्न सक्दैन ।’ उहाँले अर्थतन्त्र निकै कमजोर अवस्थामा भएकाले फेरि मुलुकलाई सङ्कटबाट बचाउन काङ्ग्रेसको नै आवश्यकता पर्ने बताउनुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘अब उत्पादन र आयआर्जनसँग शिक्षालाई जोड्नै पर्छ । आत्मनिर्भरतातिर लैजाने शिक्षा अबको आवश्यकता हो ।’ उहाँले नेपालमा लोकतन्त्र स्थापना गर्न शिक्षक वर्गले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै शिक्षकहरुले सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न मिहिनेत गर्नुपर्ने बताउनुभयो ।

उक्त अधिवेशनमा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, काङ्ग्रेस महासमिति सदस्य ई.अनुप श्रेष्ठ, नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारी, शिक्षक महासङ्घ नेतृ वन्दना लम्साललगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज