यस्तो छ आजकाे तरकारी र फलफूलको मुल्य

Read Time = 2 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार शनिबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको न्युनतम मूल्य हो ।

नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैया, सेतो आलु १९ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम रहेको
समितिले जनाएको छ ।

ADVERTISEMENT

यसैगरी, ताजा छडी माछा प्रतिकेजी र बचुवा माछा २५० रुपैयाँ साथै मंगुरी माछा २८० रुपैयाँ केजी र रहु माछा ३५० रुपैयाँ केजीमा पाइन्छ ।

त्यस्तै, शनिबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ  ११० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ३७ रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ५० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?