एक नेपालीले जिते ८२ करोड रूपैयाँको चिठ्ठा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जितकुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जित्नुभएको छ ।

विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उहाँले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गर्नुभएको थियो ।

ADVERTISEMENT

अबुधाबीमा रहेको बिग टिकट ड्रले आफ्नो वर्षको पहिलो प्रवर्द्धनमा २ करोड ३० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो।

ठूला टिकटका ग्राहकहरू पनि साप्ताहिक इलेक्ट्रोनिक ड्रमा स्वतः सहभागी हुन पाउने थिए। उक्त पुरस्कारका अतिरिक्त, दोस्रो पुरस्कार दश लाख दिराम, र तेस्रो पुरस्कार १ लाख र चौथो पुरस्कार ५० हजार घोषणा गरिएको छ । मार्च ३ मा हुने अर्को ड्रमा, एक भाग्यशाली विजेताले १ करोड ५० लाख दिराम पाउँनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *