जनप्रतिनिधिले वेवास्ता गर्दा जनताको जीवन कष्टकर

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 5 mins

डडेल्धुरा । सदरमुकामबाट दुर्गम बैतडी जिल्लाको सुर्नायाका जनताको आधारभूत आवश्यकतालाई जनप्रतिनिधिहरुले उपेक्षा गरेको बताएका छन ।

सुनार्या गाउँपालिकाको वडा नं. २, ६, ७, र ८ का स्थानीय जनताहरुका गाउँघरमा खानेपानी, सिंचाई, बिद्युत, गुणस्तरिय शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवा सुबिधाबाट बञ्चित भएको उनिहरुले बताएका छन ।

पटक पटक जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि स्थानीय जनताको मागलाई वेवास्ता गरेको र चुनावका बेला मात्र आकर्षक नारा दिएर भोट बटुल्ने काम भएको स्थानीय हेमराज अवस्थीले बताउनुभयाे ।

यो क्षेत्रका अधिकांश बस्तीहरुमा ऊर्जाको बिजुली रातीको समयमा मात्र बल्छ । गाउँका १० कक्षा उत्तिर्ण गरेका प्राबिधिक विषयमा पढन ईच्छुक बिद्यार्थी स्थानीय बिद्यालयमा सुबिधा नभए पछि अन्यत्र जान बाध्य छन । जिल्ला सदरमुकामबाट गाडीमा एकदिनको बाटो छ । सामान्य उपचारका लागि मात्र स्वास्थ्य चौकी छ तर दुर्गमको पिडा उपल्लो स्तरका जनप्रतिनिधिहरुले गम्भीरताका साथ सम्बोधन नगरेकोमा स्थानीय युवाहरु पनि निरास रहेको स्थानीय तर्कराज अवस्थीले गुनासो गर्नुभयाे ।

गाउँ जान खनिएको कच्ची सडक वर्षातमा त गाडी चल्ने कुरै भएन नै अन्य समयमा पनि जोखिमपूर्ण यात्रा मात्र छैन । गाउँमा बिहेवारी हुँदा होस वा बिरामीलाई पनि कालो पत्रे सडक पुग्न तिन चार घण्टाको बाटोमा पैदल उकालो ओरालो गर्नु पर्ने बाध्यता रहेको स्थानीय शिक्षक अम्मरराज अवस्थीले बताउनुभयाे ।

ADVERTISEMENT

बैतडी जिल्लाको पूर्वि क्षेत्रमा अति दुर्गम रहेको गाउँठाउँमा विकासका पूर्वाधारमा कसैले ध्यान दिएन । 'यहि निर्वाचन क्षेत्रबाट २०७० देखि लगातार दामोदर भण्डारी ज्यू निर्वाचित हुनुभएकाे छ । तर, उहाँले पनि कतै केहि गरेको देखिएन । खाली चुनावका बेला आउने, यो गरि दिउँला, त्यो गरिदिउँला भन्ने भोट लिने काम नगर्ने, पाँच वर्ष सम्म एक पटक पनि यहाँ आउनु भएको छैन' एक स्थानीयले भने ।

यस क्षेत्रमा रहेका सुर्नाया गाउँपालिका अन्तर्गतका गाउँमा आधारभूत आवश्यकताका लागि पनि घण्टौं धाउनु पर्छ, सुर्नायासँग जोडिएको पाटन नगरपालिका पुग्न पनि तिन घण्टा लाग्छ, भने यता मुसे पुग्न पनि तिन घण्टा लाग्छ, हामीलाई कतै बाट पनि सुख भएन स्थानीय युवा ओम प्रकाश अवस्थीले भन्नुभयाे ।

गाउँमा सिंचाई छैन, भरपर्दो बिजुली बत्ती छैन, उर्जाको बत्तीले केटाकेटी पढछन, त्यो पनि दिनभरीमा दुई तिनघण्टा मात्र बल्छ, नियमित रुपमा हुने विकासका गतिबिधिहरु भई दिए कामको खोजी गर्न किन भारतलगायत बिदेशतिर जान्थे र ? अर्का जेष्ठनागरिकले भने ।

सुर्नाया र रौलेश्वर गाउँपालिका बिचका पथरकोट, खटाली, बरायल, खर्काधार लगायतको बस्ति जोड्ने गाउँहरुसहित पालिका केन्द्र जाने बाटो पनि मापदण्ड अनुसारको दिगो सडक नहुँदा स्थानीयले कष्टकर जीवन बिताउन बाध्य भएका छन । तिन पटक निर्वाचन जित्नुभएका भण्डारी अहिले पनि नेपाल सरकारका मन्त्री हुनुहुन्छ, तर यस पाली के गर्नुहुन्छ त्याे हेर्न बाँकी रहेको स्थानीय बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज