नेकपा एस सचिवालय बैठक : सङ्गठन निर्धारित समयसिमाभित्र अद्यावधिक गर्न निर्देशन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा सङ्गठन निर्माण थप व्यवस्थित गर्न कार्ययोजनाका साथै समसामयिक विषयमा छलफल गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । यही माघ २१ र २२ गते हुने पार्टी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने राजनीतिक कार्यपत्रमा छलफल केन्द्रित भएको बैठकले उक्त कार्यपत्रलाई परिमार्जन गरी पेस गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठकले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा, पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गर्ने छ । सङ्गठनको पुनःगठन, पार्टीको भूमिका र गतिविधि प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ ।

पार्टीले यसअघि नै सबै जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका कमिटीलाई तत्काल सम्मेलन÷अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने र आगामी फागुन मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका जिल्ला सम्मेलन तथा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?