गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छः अध्यक्ष ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिनुपर्ने बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा ओलीले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो, अदालतको पुर्णपाठ किन चाहियो?

सरकार गठनको बेला भएको सहमतिअनुसार सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको भन्दै उहाँले त्यही सहमति अनुसार हुनुपर्ने बताउनुभयो ।

ADVERTISEMENT

ओलीले यो छलफल गर्नुपर्ने विषय नै नभएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘छलफल भइरहेको छ, तर खटपट छैन, यो छलफल गर्नुपर्ने विषय पनि होइन ।’

रास्वपाले गृहमन्त्रीमा लामिछानेलाई पठाएमा अरुले आपत्ति जनाउनुपर्ने आवश्यकता नरहेको बताउँदै ओलीले भावी राष्ट्रपति एमालेबाटै हुने दाबी पनि गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज