विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

नयाँ दिल्ली। बुधबार शेयरको मूल्यमा गिरावट आएपछि भारतको अडानी इन्टरप्राइजेजले शेयर बिक्री बन्द गरेको छ। अडानी समूहको प्रमुख कम्पनीले बिक्रीबाट उठाएको २.५ बिलियन डलर शेयर २६ प्रतिशतले घटेपछि लगानीकर्तालाई फिर्ता गरिने पुष्टि गरेको छ।

अमेरिकी लगानी फर्मले धोखाधडीको दाबी गरेपछि समूहका कम्पनीहरूले ९० बिलियन डलर भन्दा बढी आफ्नो मूल्य गुमाएको छ। अडानीले आरोप अस्वीकार गर्दै आएका छन्। संस्थापक गौतम अडानी विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिएका छन्।

फोब्र्सको अर्बपतिहरुको सूची अनुसार अडानी अहिले विश्वको १५औँ धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति ७४ दशमलब ७ अर्ब डलर छ । गत हप्ता उनी सूचीको तेस्रो स्थानमा थिए।

अर्बपतिले भारतको सबैभन्दा ठूलो कम्पनी अडानी समूह चलाउँछन्। प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजले कमोडिटी ट्रेडिङ, एयरपोर्ट, युटिलिटी र नवीकरणीय ऊर्जालगायतका उद्योगहरू सञ्चालन गरिरहेको छ।

ADVERTISEMENT

लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार शेयर बजारमा अर्बौं डलर गुमाएको थियो।

अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत साता एक प्रतिवेदन सार्वजनिक गर्दै अडानी समूह ‘दशकौंदेखि स्टक हेरफेर र लेखा जालसाजी’मा संलग्न रहेको आरोप लगाएको थियो। तर, समूहले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएको थियो।

ब्लुमबर्गका अनुसार तीन दिनको अवधिमा कम्पनीले बजार मूल्यमा करिब ७१ अर्ब डलर गुमाएको थियो। गत साता पनि अडानी समूहका फर्महरुले करिब ५० अर्ब डलर गुमाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज