नियात्राकृति ‘मृतसागरमा तैरिँदा’ सार्वजनिक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । डा.सदानन्द कँडेलद्वारा लिखित नियात्राकृति ‘मृतसागरमा तैरिँदा’ सार्वजनिक गरिएको छ । नेपाल स्रष्टा समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नियात्राकार घनश्याम राजकर्णिकारलगायत स्रष्टाले कृति सार्वजनिक गर्नुभएको हो । राजकर्णिकारले डा.कडेलको यस कृतिमा समावेश नियात्राले पाठकलाई सँगसँगै हिँडाउने जिकिर गर्नुभयो ।

यस्तै, पुस्तकमाथि पाठकीय मन्तव्य राख्दै नियात्राकार जय छाङछाले नियात्राले इतिहास लेख्ने काम गर्ने उल्लेख गर्दै कडेलका नियात्राहरू रोचक र जानकारीमूलक रहेको सुनाउनुभयो । त्यस्तै, अर्का नियात्राकार प्रतीक ढकालले अक्षर लेख्नेहरू सधैं बाँच्ने चर्चा गर्दै कृति रुचिकर रहेको बताउनुभयो ।

ADVERTISEMENT

कार्यक्रममा नियात्राकार डा.कँडेल, पवन आलोक, श्रीओम श्रेष्ठ ‘रोदन’, शंकर भारतीलगायत व्यक्तिले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?