काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने हुनुभएको छ ।
सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अबैधानिक रहेको फैसला गरेसँगै सांसद, पार्टी सभापति, उपप्रधान एवं गृहमन्त्री पद एकैपटक गुमाउनुभएका लामिछानेले आज नागरिकता लिन प्रशासन कार्यालय काठमाडौं जान लाग्नुभएको हो ।
उहाँले स्थानीय प्रशासनसँग समन्वय गरी काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता लिने तयारी गरेको स्रोतले जनाएको छ ।
लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको स्रोतको भनाइ छ ।
२०५० सालमा नेपाली नागरिकता लिनुभएका लामिछानेले २०७५ सालमा अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिन भनि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिए पनि नेपाली नागरिकता पुनः प्राप्तिमा त्रुटी गरेको भन्दै सर्वोच्चद्वारा उहाँको नागरिकता अबैधानिक रहेको ठहर गरेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts