प्रमोद खरेल सहभागी कन्सर्टमा झण्डै एक दर्जन घाइते, तीनको अवस्था गम्भीर

Read Time = 1 min

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी ३२ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

धनकुटा नगरपालिका ५ टुँडिखेलस्थित महोत्सवस्थलमा शनिबार क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि १५ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

घाइत ओसार्न एम्बुलेन्स अभाव भएपछि जिल्लाका सबै सरकारी गाडी प्रयोग गरिएको थियो । यही माघ ६ गतेदेखि सुरु भएको महोत्सव उद्योग वाणिज्य संघको आयोजनामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?