भोजपुरमा रेडक्रसका तीन उपशाखा पुरस्कृत

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरमा रेडक्रसका तीनवटा उपशाखा कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कृत भएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको ३९औँ अधिवेशनका क्रममा तीन उपशाखा पुरस्कृत भएका हुन् ।

२०३० साल मंसिर १९ गते स्थापना भएको शाखाको यो अधिवेशनबाट नयाँ कार्यसमितिसमेत चयन हुनेछ । भोजपुरका ८१ वटै वडा उपशाखा र जुरेस तथा युवा रेडक्रस शाखाहरूको नयाँ समिति चयन भएपछि जिल्ला अधिवेशन गरिएको रेडक्रस भोजपुरका शाखा विकास अधिकृत तेजबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

सोक्रममा कार्यसम्पादन मूल्यांकनका आधारमा दलगाउँ शाखा पहिलो, नेपालेडाँडा शाखा दोस्रो र बोया शाखा तेस्रो भएका छन् । अधिवेशनको उद्घाटन गर्दै भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले रेडक्रसले गरेका कामहरू उल्लेखनीय रहेको बताउँदै शाखाले प्राकृतिक विपद् तथा मानवीय उद्धारका काममा सराहनीय योगदान दिएको बताउनुभयो ।

ADVERTISEMENT

गत २०७८ भदौ २१ गते स्थापना भएको रक्तसञ्चार सेवा केन्द्रको सुरुवात नै समग्र जिल्लाका लागि प्रेरणादायक उपलब्धि भएको मेयर आलेको भनाइ छ । ‘यो शाखाले विभिन्न नयाँ सिर्जनात्मक प्रगतिहरू गरेको छ, शाखाले सबैभन्दा उपलब्धिमूलक काम ब्लड बैंक सञ्चालन गरेर वर्षौदेखि दुर्गमका नागरिकलाई रगत अभावमा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यात्मक परिस्थितिको हल गरेको छ, यस्ता कार्यमा नगरको सदैव साथ रहनेछ,’ मेयर आलेले भन्नुभयो ।

२०७२ सालको महाभूकम्पबाट गम्भीर असर पुगेपछि संस्थागतरूपमा कामहरू सोचेअनुरूप अघि बढ्न नसकेको रेडक्रस जिल्ला सभापति तुलबहादुर सुब्बाले बताउनुभयो । तर, लामो समयदेखिको प्रयास र समन्वयले अन्ततः ब्लड बैंकको स्थापना गर्न शाखा सफल भएकोमा भने सभापति सुब्बाले खुसी व्यक्त गर्नुभयो । ‘रगत अभावलाई न्यून गर्ने वर्षांैको हाम्रो एउटा सपना पूरा भयो, जिल्ला अस्पतालमा दक्ष डाक्टर नहुँदा ब्लड बैंकको पर्याप्त रगत खपत हुन सकेको छैन, त्यसलाई तत्कालका लागि रगत आपूर्ति आवश्यक भएका जिल्लासँग समन्वय गरेर पठाउने व्यवस्था गरिएको छ,’ सभापति सुब्बाले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज