विज्ञ भन्छन्- आइकाओको मादपण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

चिन्तन क्षेत्री/हिटा
काठमाडौं । नेपालमा हवाई दुर्घटना बढ्दै जाँदा विज्ञहरूले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ) को मापदण्ड पालनामा कडाइ गर्नुपर्ने बताएका छन् । आइकाओको मादपण्डहरू पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा बढ्दै गएको विज्ञहरूको निष्कर्ष छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व-महानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाईन्सका पूर्व-इञ्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको तत्काल परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै नेपाल एयर लाइन्सका पूर्व–इञ्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले आइकाओले निर्दिष्ट गरेका मापदण्डहरूको पूर्ण पालना गर्न सके नेपालको हवाई सेवा सुरक्षित हुने र दुर्घटना आफँै न्यूनीकरण हुँदै जाने बताउनुभयो । ‘आइकाओले गरेको गाइडलाइन्सहरू, युरोपियन युनियनले निर्दिष्ट गरेका गाइडलाइन्सहरू छ । त्यसको हामीले अक्षरशः पालना गरियो कि गरिएन त ? सम्बन्धित निकायले दिएको निर्देशनअनुसार भयो कि भएन ? त्यो इम्पोटेन्ट हो । त्यसको अनुगमन कडाइका साथ हुनुपर्दछ,’ उहाँले भन्नुभयो । दक्ष जनशक्तिको व्यवस्थापनमापनि नेपाल हवाई सेवा प्रदायक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘दक्ष म्यानपावरहरू हायर गरेर काम गर्नुपर्‍यो । यसो गर्न सकियो भने भविष्यमा नेपालको हवाई उडानमा हुने दुर्घटना कम हुँदै जान्छ । दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्‍यो । बाहिरबाट भए पनि दक्ष जनशक्ति नझिकाई मुलुकको हवाई सेवा सुरक्षित हुन सक्दैन ।’

उडड्यन प्राधिकरणका पूर्व-महानिर्देशक सञ्जीव गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरूको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका कामहरूमा पनि ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘सकेसम्म हामीले नेपाली आकाश सुरक्षित छ भन्ने कुरा इन्स्योर गर्नका लागि कम्तीमा पनि स्ट्रक्चरल सुधारका कुराहरूमा तुरुन्तै ध्यान दिनुपर्दछ । जसले गर्दा नियमन अधिकारी अथवा मोर स्ट्रेन्थेन होस् मोर क्यापएबल होस् । जहाँबाट सेफ्टी इन्ह्यान्स गर्न सकियो ।’ नेपालको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थाहरूलाई व्यावसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता रहेको तत्कालीन हवाई विभागका पूर्व-महानिर्देशक वीरेन्द्रबहादुर देउजाले औँल्याउनुभयो ।

ADVERTISEMENT

उहाँले हवाई दुर्घटनाका रिपोर्टहरूले दिएको सुझावको आधारमा अघि बढ्दा पनि नेपालमा हवाई दुर्घटनालाई न्यूनीकरण गर्दै लैजान सकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हवाई दुर्घटनाका रिपोर्टहरूले दिएको सुझावहरूलाई ध्यान दिएर लागू गर्नुपर्दछ । यी संस्थाहरूलाई व्यावसायिक ढंगले सञ्चालन गर्नुपर्दछ । यहाँ राजनीतिक तथा प्रशासनिक हस्तक्षेपभन्दा पनि यसलाई व्यावसायिक ढंगले अघि बढाउन सक्नुपर्दछ । यसो भयो भने नेपालको हवाई उडान सुरक्षित छ । र, हुन्छ पनि ।’

देउजाले नेपालको हवाई सेवा सुरक्षित रहेको र यसलाई अझै भरपर्दो बनाउने काममा सम्बन्धित निकायहरू बढी जिम्मेवार हुनुपर्ने पनि बताउनुभयो । नेपालमा हवाई दुर्घटनाबाट ठूलो क्षति हुँदै आएको छ । यही माघ १ गते मात्रै यति एयरलाइन्सको जहाज दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो । आइकाले नेपाललाई कालोसूचीबाट हटाउने तयारी गरिरहेको समाचार आइरहेका बेला यो दुर्घटनाले फेरि नेपाली आकाश सुरक्षित छैन भन्ने भाष्यलाई जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?