शिक्षालयमा सीपयुक्त जनशक्ति उत्पादन गर्न राज्यले वातावरण बनाउनुपर्छ : अध्यक्ष ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा प्राविधिक सीपयुक्त हुनुपर्ने बताउनुभएको छ ।

आज झापाको दमक नगरपालिका–४ स्थित दमक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास गर्दै अध्यक्ष ओलीले स्वदेशमै रोजगारी प्राप्त गर्नसक्ने शिक्षामा जोड दिनुभयो । “स्नातकोत्तर तहको प्रमाणपत्र सिरानमा राखेर केही उपलब्धि हुँदैन”, उहाँले भन्नुुभयो, “अब हरेक शिक्षालयले सीपयुक्त शिक्षामा आधारित जनशक्ति उत्पादन गर्नुपर्छ । यसका लागि राज्यले वातावरण बनाउनुपर्छ ।”

ADVERTISEMENT

सो अवसरमा प्राचार्य ठाकुरप्रसाद भट्टराईले बहुप्राविधिक शिक्षालयमा सिभिल इञ्जिनीयर, अटो मोबाइल, रेफ्रिजेरेटर एण्ड इयर कण्डिशन तथा मेकानिकल विषय पढाउनका लागि सिटिइभिटीबाट स्वीकृित प्राप्त भइसकेको जानकारी दिनुभयो । हरेक विषयमा ४८ जनाको कोटा रहेको उक्त शिक्षालयले हरेक वर्ष एक सय ९२ विषयगत प्राविधिक जनशक्ति उत्पादन गर्ने उहाँले बताउनुभयो ।

रु चार करोड ६४ लाखमा निर्माण सम्झौता भएको उक्त भवन काठमाडौँको जेभी भाईवा निर्माण कम्पनीले बनाउन ठेक्का लिएको छ । अठार कोठे तीन तले भवन यही आगामी २०८० असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *