काठमाडौं । सूर्य नेपाल एनपिजिए म्याच प्ले गल्फ प्रतियोगिताको उपाधि दिनेश प्रजापतीले जित्नुभएको छ । रोयल नेपाल गल्फ क्लबमा बिहीबार सम्पन्न तीनदिने प्रतियोगिताको फाइनलमा दिनेशले रमेश अधिकारीलाई हराउनुभयो । सातौँ वरीयताका दिनेशले १३औँ वरीयताका रमेशलाई सात–छले पछि पार्दै उपाधि जित्नुभएको हो । दिनेशको यो खेल जीवनको पहिलो प्रोफेसनल गल्फ उपाधि हो । उपाधिसँगै दिनेशले ६० हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।
दोस्रो हुनुभएका रमेशले ४२ हजार रुपैयाँ पुरस्कार पाउनुभयो । फाइनल खेल ३६ होलको थियो । बिहीबार नै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आठौँ वरीयताका धनबहादुर थापाले १०औँ वरीयताका भुवनकुमार रोक्कालाई प्ले अफको पहिलो होलमा हराउनुभयो ।
धनले ३२ र भुवनले २४ हजार रुपैयाँ पुरस्कार पाउनुभयो । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) ले आयोजना गरेको प्रतियोगितामा शीर्ष २०औँ वरीयतामा रहेका १६ खेलाडीको सहभागिता रहेको थियो ।
सहभागी सबै खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो । विजेतालाई प्रतियोगिताको मुख्य प्रायोजक सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधानलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच