काठमाडौं । नेपाली कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित गरेको छ ।
निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पटक पटक मिति सर्दै आएको केन्द्रीय कार्यसमितिको बैठक फेरि पनि अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि पुस २२ मा बोलाइएको बैठक २८ हुँदै माघ १५ का लागि मिति सारिएको थियो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts