देशको अर्थतन्त्र ध्वस्त भएहाेस् तर, कांग्रेसलाई सत्ता चाहिन्छ : अध्यक्ष ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले सरकारमा हुनुपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको आरोप लगाउनु भएको छ ।

नेपाली काँग्रेसले देशको बारेमा चर्चा र चिन्ता गर्नु कहिल्यै पनि आवश्यक नठानेको उहाँको दावी थियो । बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टी स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसले आफू सरकारमा सहभागी भए भईगो नि भन्ने एउटा मात्रै सुत्र लिएर हिँडने गर्ने समेत बताउनु भयो । काँग्रेसले भन्ने गरेको लोकतन्त्र र विकास भनेको आफ्नो विकास मात्रै भएको उहाँले तर्क गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘देशको बारेमा चर्चा गर्नु, चिन्ता गर्नु आवश्यक नै ठानेन । नेपाली काँग्रेसको एउटा मात्रै सुत्र छ–आफू सरकारमा हुनुपर्छ भई गो नि । त्यही हो लोकतन्त्र । त्यही हो विकास । नेपाली काँग्रेसको सरकार । देशमा लोकतन्त्र, देशमा विकास । त्यही हो । यदि देशमा सरकार काँग्रेसको छ भने विकास कस्तो हुन्छ ? अर्थतन्त्र ध्वस्त भएपनि केही छैन । विकास हुनुपर्नेको भएकै छ । त्यही हो विकास । यस्तोमा बोल्न नसक्ने अभिसप्त एउटा जमात हुन्छ ।’

अध्यक्ष ओलीले एमाले दलबल गरेर बाँडीचुडी खाने पार्टी नभएको पनि पटकपटक दोहो¥याउनु भयो । उहाँले ‘समृद्ध नेपालः सुःखी नेपाली’ आफ्नो पार्टीको गन्तव्य भएको उल्लेख गर्दै त्यसलाई सफल पार्न केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । अध्यक्ष ओलीले केही पार्टीहरु सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको भन्दै उनीहरुको राजनीति टिकाउ नहुने धारणा समेत राख्नु भयो ।

ADVERTISEMENT

मौसमी खालका कुरा गर्ने, सामाजिक असन्तुष्टिलाई उपयोग गरेर आउने पार्टीहरु स्थायी रुपमा रहन नसक्ने उहाँले बताउनु भयो ।

ओलीले भन्नु भयो, ‘यो पार्टी दलबल गरेर केही प्राप्त गर्ने, प्राप्त गरेको चिजलाई बाँडीचुढी खाने, मिलिजुली खाने यस्तो पार्टी होइन । यो दलबल गर्ने यस्तो चिज होइन । विचार, उद्देश्यमा संगठित हुने हो । हामी समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय आकांक्षा सफल पार्ने, त्यसलाई गन्तव्य बनाउने हाम्रो जुन उद्देश्य छ । त्यसमा केन्द्रित हुन्छौं हामी । त्यसमा एकीकृत हुन्छौ हामी । त्यसका निम्ति काम गछौं हामी । र, हाम्रा निम्ति वैयक्तिक प्रश्नहरु गौण हुन्छन । वैयक्तिक प्रश्नहरुले संगठनलाई, आन्दोलनलाई कहिल्यै पनि अश्वस्थ हुन दिनु हुँदैन । तसर्थ, हामीले अरु पार्टी के का लागि खुलेका हुन ? कति वटा पार्टीलाई के का खुलेका हुन भन्ने नै थाहा हुँदैन । केही सामाजिक असन्तुष्टिलाई उपयोग गर्न, गन्तव्य के हो त त्यो गन्तव्य हुँदैन । सामाजिक असन्तुष्टिलाई उपयोग गर्ने । समाजमा असन्तुष्टि बढयो । त्यसकारण त्यसलाई उपयोग गरेर जाने । कोही एउटा मौसमी खालका कुराहरुबाट ह्वात्त आउने । यस्ता कुराहरु राजनीतिमा देखा पर्छन । तर ती स्थायी हुँदैनन् । हामीले दुनियाँकै इतिहासमा अनेक प्रयोग देखेका छौं । तर ती प्रयोग यदि राष्ट्रको आजको अवस्था के हो ? यसको विश्लेषण गरेर, समस्य के हुन ? तीनका समाधान के हो भनेर पुग्ने कहाँ हो ? कसरी भन्ने कुरामा केन्द्रित नभएको राजनीतिक त्यस्तो राजनीति अस्थायी हुन्छ । एउटा भूलको मात्रै हो । त्यस्तो भूल्कोले हामीलाई कुनै गन्तव्यमा पु¥याउँदैन । त्यसकारण हामी गन्तव्यमा पुग्नका लागि एक अवधिको एउटा भूल्कोको राजनीति होइन । त्यसो भएर यस्ता उद्देश्यहरुसहितको राजनीति एमालेले गर्छ । अरु पार्टी र हाम्रो फरक के छ भने विचारको वहस अन्त सुन्नुहुन्न होला तपाई । नेपाली काँग्रेसले महाधिवेशन ग-यो । महाधिवेशनमा कुनै दस्तावेज पेश भएन । महाधिवेशनमा देशको अवस्थाको बारेमा चर्चा भएन ।’

अध्यक्ष ओलीले सत्यसँग नलड्न र जालझेलको राजनीति नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज