बाजुरा भूकम्प: राहत र उद्धारमा कठिनाई

“हिमालीका स्थानीय भन्छन, हामि चिसोमै कठ्याग्रीएरै मर्छौं होला”

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छया र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण बाजुराको हिमाली गाउँपालिकाको क्षति बिवरण संकलनमा कठिनाई भएको छ ।

बाजुरा जिल्लाकै अतिदुर्गम क्षेत्रको रुपमा रहेको हिमाली गाउँपालिकाको बिच्छयामा भएको क्षतिबिवरणको आधिकारीक जानकारी अझैसम्म आइनपुगेको जिल्लाप्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बिच्छया क्षेत्रमा हिमपात भइरहेका कारण पनि सो क्षेत्रमा राहत तथा उद्धारमा कठिनाई भइरहेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभएको छ ।

सबै वडा अध्यक्षहरुलाई म्यासेज गरेकाे तर कुनै ठाउँमा पनि फोन सम्पर्क भइरहेको अवस्था नभएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो । वडा अध्यक्षहरुलाई फोन गर्दा पनि सम्पर्क नभएकाले बिच्छ्यामा के कती क्षति भयो भन्ने कुराको कुनै जानकारी अहिलेसम्म भइनसकेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीको टोलीहरु सो क्षेत्रमा पठाएको भएपनि प्रहरीमा समेत सम्पर्क हुँन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपक्षिक सुर्य थापाले बताउनुभयाे । त्यहाँ गएको प्रहरी टोली पनि कहाँ पुग्यो भन्ने कुराको समेत जानकारी नभएको उहाँले बताउनुभयो ।मंगलबार सम्म बिच्छयामा रहेको प्रहरी चौकीमा सम्पर्क गर्दा प्रहरी चौकी समेत क्षति भएको र आसपासका क्षेत्रमा धेरै घरहरुमा क्षति भएको जानकारी भएको त्यसपछि कुनै सूचना प्राप्त नभएको प्रहरी प्रमुख थापाले बताउनुभयाे ।

मंगलबारकै भूकम्पका कारण हुम्ला घर भएकी एक बालिका हिमाली गाउँपालिकामा दिदीको घर आएकी र घाइते भएकी बालिकालाई ३ घण्टाको पदैलदुरी पछी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । उहाँकाअनुसार अहिले घाइते बालिका होसमा आइसकेकी छन् ।

ADVERTISEMENT

जिल्ला भर हिमपात र पानी परिरहेको कारण राहत तथा उद्धारमा धेरै समस्या भइरहेको प्रहरी प्रशासन र सरोकारवालाहरुले बताएका छन् । हिजो मंगलबार दिउँसो हिमाली गाउँपालिका केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

हिमपातसँगै भूकम्पका कारण सुदूरपश्चिमवासीको जनजीवन प्रभावित

बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दू बनाएर भूकम्प गएपछि पश्चिम नेपालमा फेरी त्रास बढेको छ । लामो समयदेखि पश्चिममा ठूलो भूकम्प गएपछि स्थानीय वासी चिन्तित भएका छन् ।

भूकम्पपछि पहिरो आएर मानिस र भेडाको मृत्यु भएको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभयो । हिजो बिहानैदेखि हिमपातसँगै सुदूरपश्चिमको जनजीवन प्रभावित भइ रहँदा भूकम्पले थप त्रास बढेको छ ।

बाजुरासहित सुदुरपश्चिमका ग्रामिण भेगमा ढुङ्गा र माटोका स-साना घर रहेका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौँका प्रमुख डा. लोकविजय अधिकारीले भूकम्पीय जोखिमबाट पश्चिम नेपाल बढि प्रभावित हुँन सक्ने हुँदा सुरक्षा अपनाउन सुझाव दिनुभयो ।भूकम्पको धक्का अन्य जिल्लामा पनि महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज