बंगलादेशमा आगामी फेब्रुवरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने

Read Time = 1 min

ढाका । बंगलादेशमा आगामी फेब्रुवरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका सचिव मोहम्मद जहाँगीर आलमले आगामी फेब्रुवरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिनुभएको हो ।

ADVERTISEMENT

देशको संविधानले एक व्यक्तिलाई बढीमा दुई कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेकाले वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो । देशको संविधानले एक व्यक्तिलाई बढीमा दुई कार्यकालका लागि निर्वाचित गर्नसक्ने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदैछ । राष्ट्रपति निर्वाचनको कार्यतालिका चाँडै घोषणा गरिने आलमले बताउनुभयो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?