एकीकृत समाजवादीमा आउन वामदेव गौतमलाई माधव नेपालको प्रस्ताव

Read Time = 1 min

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गर्नुभएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गर्नुभएको हो। अध्यक्ष नेपालको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै चाँडै निर्णय गर्न गौतमले जवाफ दिनुभएको छ ।

ADVERTISEMENT

भेटका क्रममा अध्यक्ष नेपालले गौतमलाई अध्ययनका लागि  एकीकृत समाजवादीका दस्तावेज प्रदान गर्नुभयो। दस्तावेजको अध्ययनपछि मात्र एकीकृत समाववादीमा आउने या नआउने विषयमा गौतमले निर्णय लिने हुनु भएको छ ।

सोे भेटमा एकीकृत समाजवादीका उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गङ्गालाल तुलाधर पनि सहभागी हुनु हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज