काठमाडौं । जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरु संसदमा राजाजस्तै आउने र जाने गरेको टिप्पणी गर्नु भएको छ । .
मंगलबार प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उहाँले ठूला दलका नेताहरुको संसदमा राजा जस्तै गरेर आउने कुराले संसदको गरिमा बचाउने अवस्था नरहेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो ।
अध्यक्ष राउतले सांसदहरुलाई बोल्नका लागि दिने समयमा पुनर्विचार गर्न पनि सभामुख देवराज घिमिरेको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले संविधानको भावना अनुसार संसदको नियमावलीमा संशोधन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
अध्यक्ष राउतले भन्नु भयो, ‘संसदमा सांसदहरुलाई बोल्नका लागि समय दिने विषयमा पुनर्विचार गनु पर्दछ भन्ने हामीलाई लाग्दछ । त्यसै संसद संचालन नियमावलीमा मन्त्रीहरुको उपस्थिति हुनुपर्ने देखिन्छ । तर सानासाना पार्टीहरुलाई मात्रै लाग्ने हो कि सबै पार्टीहरुलाई लाई लाग्ने हो ? ठूला पार्टीहरुलाई राजा जस्तै आउने, राजाजस्तै जाने नै हो भने चाँही यो संसदको गरिमा त्यतिसाह्रो रहन्छ जस्तो चाँही हामीलाई लागेको छैन । यहाँलाई लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास होला । २०७५ सालको भदौंमा हाम्रो पार्टीका संगठनका एक जना कार्यकर्तालाई कुनै मन्त्रीलाई प्रश्न सोध्न आयो भने आरोपमा प्रहरीले गिरफ्तार गरेर अनि हिरासतमा उहाँको मृत्यु हुँदाखेरी यो प्रकरणलाई यो संसदमा उठाउँदाखेरी तत्कालीन गृहमन्त्रीज्यूले उहाँको नाम यहाँ उच्चारण गर्न पाईदैन भनेर त्यतिखेर भनिएको थियो । त्यो अलोकतान्त्रिक अभ्यास चाँही यस पटक हुनेछैन भन्ने कुरा यहाँ ध्यानाकर्षण गराउन चाहन्छु ।’
अध्यक्ष राउतले संसदमा अलोकतान्त्रिक गतिविधि हुन नदिन सभामुख घिमिरे र उपसभामुख इन्दिरा राना सफल हुने विश्वास समेत व्यक्त गर्नु भयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts