मुम्बई। अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुल विवाह बन्धनमा बाँधिएका छन् ।
उनीहरूले सोमबार सुनिल शेट्टीको खन्डाला घरमा विवाह गरेका हुन् । विवाहमा कलाकार र खेल गतका व्यक्तिहरूको उपस्थिति थियो ।
आथियाले आफ्नो इन्स्टाग्राममा विवाहको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् ।
जसमा दुवैले एकअर्कोको हात समाएर फेरो लगाएको देख्न सकिन्छ । तस्बिरका साथ उनले राहुलको उज्यालोमा माया गर्न सिकेको समेत बताएकी छन् ।
आथिया शेट्टीका एल राहुलले निकै रोमान्टिक स्टाइलमा खिचिएका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सुनील शेट्टीले आफ्नी प्यारी छोरीलाई आफ्नै खण्डालाको घरबाट बिहे गरेका थिए, किनभने सुनील शेट्टीले आफ्नी छोरीको बिदाई होटेलबाट नभई घरबाटै होस् भन्ने चाहन्थे ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts