रास्वपाले आगामी जेठसम्ममा देशभर संगठन विस्तार गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर संगठन बिस्तार गर्ने भएको छ।

केन्द्रीय कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो ।

पार्टीका महामन्त्रीसमेत रहनुभएका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन बिस्तार गरिने उल्लेख छ।

ADVERTISEMENT

साथै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिनेछ। जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी छ ।

महामन्त्री ढकालका अनुसार यही माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरू हुनेछन् र उक्त भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज