पुस्तक विमोचन तथा पुरस्कार वितरण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । साहित्यकार विष्णुप्रसाद पन्तद्वारा लिखित सुसेलीसंग्रह ‘सम्झानाका सुसेली’ शनिबार एक समारोहबीच विमोचन भएको छ । पन्तको यो एघारौं कृति हो । साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएका पन्तको नेपाली साहित्यमा नवीनतम् विधा सुसेलीहरूको संग्रह प्रकाशन भएको हो ।

५/७/५ अक्षरमा तीन हरफमा लेखिने हाइकु जस्तै अनुप्रासमा लेखिने नेपाली लोक साहित्यसँग मिल्दोजुल्दो विधा हाल सुसेलीका रूपमा चर्चामा रहेको छ । पन्तको यस पुस्तकमाथि साहित्यकार प्रयागराज वाशिष्ठले टिप्पणी गर्नुभएको थियो भने वासुदेव गुरागाईं तथा पुनम घिमिरेले संग्रहभित्रका केही सुसेलीहरू गाएर सुनाउनु भएको थियो ।

गुणनिधि पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पुस्तकका लेखक विष्णुप्रसाद पन्तको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि हरिभक्त सिग्देल महेश रहनुभएको थियो । डा.विष्णु केसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा भएको थियो ।

ADVERTISEMENT

प्रतिष्ठानका कोषाध्यक्ष चन्द्रनिधि पन्तको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमा साहित्यकार डा.शैलेन्दुप्रकाश नेपाल र गंगा कर्माचार्य पौडेललाई सम्मानित तथा पुरस्कृत गरिएको थियो । नेपाललाई गुणनिधि स्मृति पुरस्कार २०७९ र पौडेललाई धनलक्ष्मी पन्त स्मृति पुरस्कार प्रदान २०७९ गरिएको थियो ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व नेपाल तथा पौडेलले आ-आफ्ना विचार राख्नुभएको थियो भने सुसेलीका प्रवर्तक दुर्गा अधिकारी ‘भमरकोटे’ले सुसेलीका बारे धारणा राख्नुभएको थियो । कार्यक्रमका अन्त्यमा ‘सम्झनाका सुसेली’ पुस्तकका लेखक तथा कार्यक्रमका सभापति विष्णु पन्तले आफ्नो विचारसहित धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *