विजय, मिलन, पूर्णसहित मोडल एलिशालाई ‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान’ प्रदान

Read Time = 3 mins

इटहरी । वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा, सफल चलचित्र निर्देशकको मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बू र मोडल तथा अभिनेत्री एलिशा राईलाई ‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान-२०७९’बाट सम्मानित हुनुभएको छ ।

सम्मानित हुनेहरूले समाजमा गरेको समाजसेवा, चलचित्र र संगीत उद्योगमा पुर्‍याएको अतुलनीय योगदानको उच्च मूल्यांकनसहित उक्त सम्मान प्रदान गरिएको बताइएको छ । बिहीबार सुनसरीको झूम्कामा अवस्थित म्याजिक सिनेमा हलमा आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ ले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान गरिएको हो ।

ADVERTISEMENT

यस्तै, नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधान, म्याजिक सिनेमा हलका सञ्चालक तथा थारू चलचित्र उद्योगका पहिलो नायक पर्शुराम चौधरी, चलचित्र निर्माता तथा निर्देशक लाखमान योन्जन तामाङ, कलाकार तथा समाजसेवी रितेशलंग खत्रीलगायतलाई पनि सम्मान गरिएको थियो । ‘आदिवासी जनजाति चलचित्रको महत्व र आवस्यकतासम्बन्धी अन्तक्रिया, सम्मान कार्यक्रम तथा साधारणसभा’ नाम दिइएको कार्यक्रममा महासंघका प्रदेश-१ अध्यक्ष ज्योतिराज राईको सभापतित्व तथा प्रदेश–१ संसद् इन्द्र आङ्बोको प्रमुख आतिथ्यता रहेको थियो ।

चलचित्र विकास बोर्ड सह–आयोजक रहेको कार्यक्रममा विभिन्न आदिवासी जनजातिले आ-आफ्नो झाकी, भाषिक गीतमा नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद् अध्यक्ष पुर्खाजित राई, महासंघका निवर्तमान अध्यक्ष अमृतबहादुर सुनुवार, नेपाल निर्देशक समाजका महासचिव जनकदीप पराजुली, आदिवासी जनजाति महासंघ इटहरी अध्यक्ष चिरहाङ राई, संगीत साधाना इटहरीका महासचिव राजु केसीलगायत व्याक्तित्वको उपस्थिति थियो । कार्यक्रमलाई इक्सा मादेनले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *