च्याम्पियन टोलीलाई सदस्य-सचिवको बधाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङले ३१औं खुला अन्तर्राष्ट्रिय सोतो कप कराते प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल नेपाली कराते टोलीलाई शुक्रबार बधाई दिनुभएको छ । त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा आयोजित कार्यक्रममा सदस्य-सचिव घिसिङले टोलीलाई सफलताका लागि बधाई दिनुभएको हो ।

भारतको कोलकातामा पुस २३ देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपाल २१ स्वर्ण, १२ रजत र सात कास्यसहित टिम च्याम्पियन बन्न सफल भएको नेपाल सोतोकान कराते संघका प्रमुख प्रशिक्षकसमेत रहनुभएका महासचिव श्याम शेर्पाले जनाउनुभएको थियो । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार राष्ट्रका करिब सात सय खेलाडी सहभागी थिए । महासचिव शेर्पाका अनुसार बंगलादेश दोस्रो तथा भारत तेस्रो भए ।

ADVERTISEMENT

सफल महर्जन, अभिषेक थिङ तामाङ, प्रदीप राई, विप्लव खड्का, प्रशान्त घले, अभिषेक तामाङ, अतित विक, आयुश लामा, रञ्जित तामाङ, सुरज सुवेदी, अनिश पौडेल, निश्चल गोले, राजवीर चौधरी, सम्योक सेञ्चुरी, सञ्जीव तामाङ, नैना मानन्धर, सञ्जना भुजेल, प्रवीका मानन्धर, समृद्धि थापा, श्रेया तामाङ र एञ्जेला डंगोलले नेपाललाई स्वर्ण दिलाउनुभयो ।

अदिप लिम्बू, रोचक महर्जन, निश्चल सुनुवार, मविन बुढा मगर, मनोज घलान, कृतिश मानन्धर, सुमित धिमाल, आयुशा महर्जन, निर्भाना महर्जन, विभा पौडेल, आयुष्मा विष्ट र रोजिना योञ्जनले रजत जित्नुभयोे । प्रतियोगितामा नेपालबाट ५७ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?