पातारासी गाउँपालिकाद्वारा एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका भित्रका ‘एमबीबीएस’पढ्ने विद्यार्थीलाई पालिकाले ३५ लाख छात्रवृत्ति दिने भएको छ । पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरि गाउँसभाबाट पारित भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो । गाउँपलिकाले एमबीबीएस लगायत प्रविधिक विषयमा पढाउन सहयोग गर्न लागेको गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ ।

सो गाउँपालिकाले १० औँ हिउँदे गाउँ सभाबाट एमबीबीएस डाक्टर पढ्ने विद्यार्थीलाई छात्रवृत्तिदेखी बालमैत्री वडा घोषणसम्मका विभिन्न ऐन नियम पारित गरेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।

सो हिउँदे गाउँ सभाबाट पालिकाका सबै वडामा बाल विवाह न्यूनिकरणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नारा लाई मध्यनजर गर्दे बाल विवाह रोकथामका विभिन्न सचेतना कार्यक्रम चलाइने उपाध्यक्ष रोकायाले भन्नुभयो,“ पालिकाको वडा नं. ४ र ५ लाई बालमैत्री वडा घोषणा गर्ने निर्णय गाउँसभाबाट पारित भएको छ । पालिका भित्रका विद्यार्थीलाई उच्च शिक्षा अध्यायन गर्नेका लागि हिउँदे गाउँसभाबाट छात्रवृत्ति निर्देशका २०७९ बहुमतले गाउँसभाबाट पारित भएको सो गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।”

सामुदायिक विद्यालयबाट आएका विद्यार्थीलाई उच्च शिक्षा अध्यायन गर्नेका लागी यो गाउँसभाबाट विशेष प्राथमिकता दिने भनेर निर्णय गरि गाउँसभाबाट पारित भएको छ । उपाध्यक्ष रोकायाले भन्नुभयो,“ अब पालिकाले आफ्नो लगानीमा एक जनालाई एबीबीएस डाक्टर पढाउन ३५ लाख लगानी गर्ने भएको छ । पाँच वर्षसम्म ७ लाखका दरले पालिकाले डाक्टर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने उपाध्यक्ष रोकायाको भनाइ छ । ”

ADVERTISEMENT

खानेपानी सरसफाई स्वच्छता, तथा अनुगमन निर्देशिका ऐन हिउँदे गाउँसभाबाट पारित भइ अब कार्यान्वयनमा आउने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिनुभयो । पालिका भित्रका सबै स्थानीयवासिको अध्यक्ष र उपाध्यक्षको कार्यक्रमबाट निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम लागु भएको पातारासी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

पालिकाको उच्चशिक्षा छात्रवृद्धि कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृद्धिमा अहिले सो गाउँपालिका-४ लुमगाउँका २३ वर्षीय नवीन रेउले देवदह मेडिकल कजेज बुटवलमा चिकित्सा शिक्षा अध्ययनरत हुनुहुन्छ । जिल्लाका आठवटै स्थानीय तहमध्ये सो गाउँपालिकाले यहाँका विद्यार्थीलाई चिकित्सक बनाउन लगानी गर्न लागेको हो ।

अघिल्लो जनप्रतिनधिले ल्याएको एमबीबीएस डाक्टर पढ्ने कार्यक्रम लाई निन्तरता दिएर लागु गरेको र प्राविधिक शिक्षामा पनि पालिकाले छात्रवृत्ति प्रदान गरिने गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट आएका योजनाहरुको कार्यान्वयन गर्ने लगायतका विषयहरु गाउँसभाबाट पारित भएको पातारासी गाउँपालिकाले जनाएको छ । आगामी आर्थिक वर्ष २०७९-८० को बजेटबाट एमबीबीएस पढाउनको लागि रु ७ लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?